इंग्लिस प्रिमियर लिगकाे शीर्ष स्थानमा उक्लियो सिटी

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ८,

विश्वमा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति घरेलु मैदान इतिहादमा सिटीले ब्राइटनलाई ३-० गाेल अन्तरले हराएकाे हाे । सिटीकाे जितमा रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले १-१ गोल गरे । २-० को अग्रता बनाए । ८२औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए । जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । अघिल्लो रात म्यानचेस्टर युनाइटेडलाई हराउदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो । पराजित ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा छ । घरेलु मैदानमा सिटीले तीनै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५३औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६५ औं मिनेटमा फोडेनले आर्सनलले चेल्सीलाई हरायो
इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ४-२ अन्तरले पराजित गरेको छ । चेल्सीलाई घरेलु मैदानमा पराजित गर्न आर्सनलका लागि एड्डी एनकेटीले दुई तथा एमिल स्मिथ र बुकायो साकाले १-१ गोल गरे । चेल्सीका लागि टिमो वेर्नेर र सेजर एज्पिलिक्वेटाले सान्त्वना गोल फर्काए । जितसँगै आर्सनल ३२ खेलमा ५७ अंक जोडेर पाँचौ स्थानमा छ । चेल्सी ३१ खेलमा ६२ अंक जोडेर तेस्रो स्थानमा छ ।

Like