मूल्य ५ सय सुनको बढ्यो
रासंसा/काठमाण्डौ, बैशाख ४,
सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुन*चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख २ हजार रुपैयाँ कायम गरिएको छ। यस्तै तेजावी सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १४१५ रुपैयाँका किनबेच भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १४०० रुपैयाँ निर्धारण गरिएको थियो। यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
Like