भोलि आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
रासंसा/काठमाण्डौ, चैत्र २६,
सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को चैत २४ गते बसेको बैठकले रामनवमीका अवसरमा चैत २७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालयले एक सूचना जारी गर्दै रामनवमीको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।
Like