अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता भोलि हुँदै
रासंसा/काठमाण्डौ, चैत्र २५,
नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । एकदिने रेस्लिङ भृकुटिमण्डपमा हुने छ । अमेरिकाबाट पेट्रो ओटेगा, भारतबाट अमित र अस्सासियन तथा पाकिस्तानबाट शेर खानले प्रतिस्पर्धा गर्ने फाउन्डेनकी अध्यक्ष समेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जानकारी दिनुभयो । निर्णायक गुणराज रुचालले खेल सञ्चालन गर्ने छन् । चैते दशैं तथा नयाँ वर्षको अवसरमा प्रतियोगिता हुन लागेको फाउण्डेशनले जनाएको छ । रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेनकी अध्यक्ष समेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जनाएकी छन् । नेपालबाट भगवतीसहित नेपाली ब्रो (कुमार थापा), कम्ब्याट किङ (अभिराज सिंह), अस्मिता सुनार (जुरेली), सपना माझी, सपना गोपाली, मनीषा रानाभाट, स्नेहा थापा मगरलगायलते प्रतिस्पर्धा गर्ने छन् ।