नेपाल बार एशोसीयसनमा अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित, जितको उल्लास हुदै

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २५,

मुलुकमा नेपाल बार एसोसिएसनामा गोपालकृष्ण घिमिरे अध्यक्षमा निर्वाचित भएका छन् । घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उनले एमाले निकट निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीलाई पराजित गरे । अधिकारीले २४ सय ८२ मत ल्याएका छन् । महासचिवमा घिमिरे समूहकै अन्जिता खनाल विजयी भएकी छन् । उनले ३६ सय ८२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् । अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ । प्यानल नै विजयी भएपछि नेपाल बार परिसरमा घिमिरे समूहले खुसीयाली र अबिरमाला गरेको छ ।

Like