नेताकाे दाैडधुप बढ्याे स्थानीय तह निर्वाचनमा

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ५,

मुलुकमा शीर्ष नेताका साथै पार्टीका अन्य नेतासमेत निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि हँुदै छन् । निर्वाचन आयोगले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ । मनोनयन दर्तादेखि फिर्ता, मतदानलगायतका कार्यक्रम सार्वजनिक भएसँगै नेताहरूको दौडधूप बढेको हो । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूको गाउँ केन्द्रित सक्रियता बढेको छ । प्रमुख दलका प्रमुख नेताहरू अहिले गाउँ गाउँको निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि भइरहेका छन् । प्रमुख प्रतिपक्षी एमाले उम्मेदवार छनोटको आन्तरिक गृहकार्यमा जुटेको छ । पार्टीको सचिवालय बैठकबाट उम्मेदवार छनोटको मापदण्ड तोकिएसँगै स्थानीय तहमा उम्मेदवार छनोटका लागि गृहकार्य सुरु भएको एमालेले जनाएको छ । यस्तै, महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसका आधारमा केन्द्रीय कमिटीले अन्तिम टुंगो लगाउनेछ । त्यसका लागि जिल्ला कमिटी र प्रदेश कमिटी उम्मेदवारको नामावली सिफारिस गर्नुपर्ने हुन्छ । एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले उम्मेवाद छनोटका लागि सोही तहको कमिटीबाट तीन जनाको सिफारिस हुनेछ । वडा र सदस्यको उम्मेवादर जिल्ला कमिटीले टुंगो लगाउनेछ । पालिकाको अध्यक्ष एवं मेयरको उम्मेवार प्रदेश कमिटीले टुंगो लगाउने जिम्मेवारी पाएको प्रवक्ता गुरुङले बताए । स्थानीय तहको निर्वाचनको ’boutमा थप विस्तृत छलफलका लागि एमालेले ७ चैतमा पोलिटब्युरो कमिटी, ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बस्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू निर्वाचन केन्द्रित कार्यक्रम व्यस्त छन् । ओली शनिबार काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनको तयारीका जुटन निर्देशन दिएका छन् । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा सत्तारूढ नेकपा माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिल्ला दौडाहामा छन् । शनिबार सिन्धुली पुगेका प्रचण्डले यसअघि लुम्बिनी, मधेस प्रदेशका विभिन्न जिल्लामा निर्वाचन केन्द्रित कार्यक्रम सम्पन्न गरिसकेका छन् । निर्वाचन केन्द्रित कार्यक्रममा सहभागी हुने क्रममा प्रचण्ड आफंै जिल्ला जिल्ला पुग्ने कार्यक्रम रहेको छ । उम्मेदवारको छनोटलगायतका मापदण्डको ’boutमा निर्णय गर्न नसकेको माओवादीले छिटै नै बैठक गरेर उम्मेदवार छनोटको मापदण्ड बनाउने गृहकार्यमा रहेको छ । माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गणेश साह स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति बनाउँदै प्रदेश स्तरको प्रशिक्षण कार्यक्रम गरिरहेको छ । ८ चैतमा मधेस प्रदेश स्तरको प्रशिक्षण कार्यक्रम जनकपुरमा, आइतबार गण्डकी प्रदेशको पोखरामा प्रशिक्षण कार्यक्रम हुँदै छ । सो कार्यक्रममा अध्यक्ष प्रचण्डसहित शीर्ष नेता सहभागी हँुदै छन् । बाँकी अन्य प्रदेशको प्रशिक्षण कार्यक्रम हालै सम्पन्न भएको हो । नेकपा एकीकृत समाजवादीले सातै प्रदेशमा कमान्डर परिचालन गरेको छ । एकीकृत समाजवादीले ‘जनतामा जाऔं, एकीकृत समाजवादी जिताऔं’ भन्ने नारासहित चुनावी अभियानमा होमिएको छ । केन्द्रबाट खटिने टोलीले प्रदेश इन्चार्ज, अध्यक्ष र पदाधिकारीलाई सहयोग गर्ने बताइएको छ । ‘सातै प्रदेशबाट अनुगमन पछि रिपोर्टिङ हुनेछ र त्यहाँ पार्टीको अवस्थाका ’boutमा जानकारी दिइने छ’ खतिवडाले भने, ‘प्राप्त सूचना तथा विवरणका आधारमा थप रणनीति बनाउनेछौं ।’ एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधारा, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनीमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झा पार्टीले परिचालन गरेको छ । ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ भन्ने नारा तय गरेका छौं । यही नारा लिएर जनतामा जानेछौं,’ प्रवक्ता खतिवडाले भने । निर्वाचन केन्द्रित कार्यक्रमका लागि शनिबार अध्यक्ष माधवकुमार नेपाल गोरखा पुगेका छन् । यसअघि बारा, पर्सा, रौतहट, रामेछाप, सिन्धुली, दोलखालगायतका विभिन्न कार्यक्रममा अध्यक्ष नेपाल सहभागी भइसकेका छन् । पछिल्लो समय उनी जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हँुदै जिल्लामै बाससमेत बस्न थालेका छन् । आगामी निर्वाचन केन्द्रित अभियानमा जुटिसकेको एकीकृत समाजवादीले उम्मेदवार छनोटको मापदण्ड सचिवालय बैठकमा टुंगो लगाउने गृहकार्यमा रहेको छ । प्रदेशमा परिचालन गरिएका कमान्डरले दिने रिर्पोटका आधारमा थप रणनीति तय गरिने तयारीमा एकीकृत समाजवादी रहेको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले एक जिल्ला एक केन्द्रीय सदस्य परिचालन गरेको छ । तर, लोकतान्त्रिक पार्टी नेपाल (लोसपा)को बैठक अझै बस्न सक्ने अवस्था छैन । जसपा कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले ‘एक जिल्ला, एक केन्द्रीय सदस्य’ परिचालन गरिएको बताए । निर्वाचनमा पार्टी र आगामी दिने हुने गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जिल्ला जिल्लामा कमान्डर परिचालन गरिएको उनले बताए । निर्वाचन केन्द्रित कार्यक्रममा जसपा जोडतोडका साथ लागिसकेको भए पनि लोसपा अहिले केही कार्यक्रम सार्वजनिक गरेको छैन । जसपाले गत साता कार्यकारिणी समिति, संघीय परिषद्, केन्द्रीय समितिको बैठक सम्पन्न गर्दै चुनावी रणनीति तय गरेर गाउँ केन्द्रित कार्यक्रममा छ । उता लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका नेताहरू होली कार्यक्रममै व्यस्त रहेका छन् । ठाकुर काठमाडौंमै छन् भने महतो, भण्डारी होलीको अवसरमा जनकपुरको बिभिन्न कार्यक्रममा सहभागी भएका छन् । जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई शनिबार काठमाडौंमै छन् । अब यही सातादेखि शीर्ष नेताहरू जिल्ला जिल्लाको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । यादव बारा, सप्तरी, सर्लाही जाने कार्यक्रम तय भइसकेकोछ ।

Like