उपभोक्ता र सेवाग्राही जताततै ठगिन्छन्

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १,

मुलुकमा भक्तपुर बालकोटकी सुनिता खत्री, एक गृहिणी हुन्। एक महिना अघि मात्र उनले आफू उपभोग्य बस्तु खरिद गर्दा ठगीमा परेको थाहा पाइन्। उनी आफू उपभोग्य बस्तु किन्दा ठगीमा परेको अनुभव यसरी सुनाउँछिन्। बालकोटकी सुनिता जस्तै थुप्रै गृहिणीहरुले आफू उपभोग्य सामान किन्दा ठगीमा परेको पत्तै पाउँदैनन्। ‘मैले एक महिना अघि बालकोट चोकको एउटा पसलबाट नुन ल्याए। उक्त नुनको उत्पादन मिति त त्यस बेला हेरिन तर जब घर ल्याएर प्याकेट खोलेँ नुन पानीमा भिजे जस्तै गिलो थियो। तर पनि आफूलाई आवश्यक परेकाले मैले त्यो नुन खानामा प्रयोग गरेँ। पछि पो थाहा पाएँ कि म त्यसबेला ठगीमा परेकी रहेछु भनेर।’ नेपाल स्तरीय पैसा तिरेर पनि ‘अ’ स्तरीय सेवा पाइने मुलुकका रुपमा स्थापित हुँदैछ। बजार, स्वास्थ्य, संचार, यातायात, सरकारी तथा निजी क्षेत्रलगायतलाई कसरी मर्यादित र उपभोक्ता तथा सेवाग्राहीको अधिकारप्रति जिम्मेवार बनाउने भन्नेबारे अहिले पनि थुप्रै चुनौतीहरु छन्।
यस्तै, एक उपभोक्ताले आफू जुत्ता किन्दा ठगीमा परेको बारे आफ्नो सामाजिक सञ्जालमा गुनासो व्यक्त गरेका छन्। उनी लेख्छन्, ‘माबौद्धको चिनेको होलसेलबाट २२ सय रुप्पे दाममा लेको जुत्ता अस्ति नै एकदिन पार्टीमा जाँदा लगाइयो, आज एकदिन अफिस जाँदा लाको…यो हाल भो। सस्तो (सस्तै पनि होइन दाम हेरि) भन्दैमा पत्रु सामान आयात गरेर डम्प गर्ने ठाम बनाउन भएन सरकार नेपाली बजारलाई। एउटा मजदुरको ४ दिनको कमाइपो हो त।’ यी मात्र होइनन् उपभोक्ता कृष्ण रौनियारले पनि आफू खाने तेलको खरिदमा ठगीमा परेको बताएका छन्। उनले २८० रुपैयाँमा किनेको तेलको तौल ७०० एमएल लेखे पनि तेलको बोतलमा टासिएको लेबलमा उल्लेख मात्रा अनुसार बोतल भित्र तेल नभएको बताएका छन्। उनी सामाजिक सञ्जालमा तेलको बोतलको तस्बिर राख्दै लेख्छन्, ‘लुट कान्छा लुट जति लुटे पनि नेपालमै छ छुट।’ अर्का उपभोक्ता गोविन्द अधिकारीले पनि आफू एचपी ग्याँसको सिलिन्डर खरिद गर्दा ठगीमा परेको कुरा सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन्। उनी लेख्छन्, ‘मेरो घरमा एचपी ग्यासको एउटा सिलिन्डर पूरै रित्तै दिएको रहेछ। सिल टुटेको छैन। सिलिन्डर हलुङ्गो छ। गुनासो कताग गर्ने होला? कम्पनीले नै रित्तै पठाएको हो कि? घरघर पठाउने होला?’ ‘ले हेर्नु यस्तो छ हालत, के गर्नु? ҆, उनले नागरिककर्मीतीर हेर्दै भने। उनले बाँकी पैसा माग्ने प्रयास त गरेका थिए। तर सहचालक २५ रुपैया हो भनेर टारे। बस्नेत त एक जना प्रतिनिधि पात्र मात्र हुन्। सार्वजनिक यातायातमा बस्नेत जस्तै धेरै यात्रुहरु ठगिन्छन। सहचालकको खप्की खाएका वा अपशब्द प्रहार सहनुपरेका घटनाहरु पनि त्यत्तिकै छन्।
कलंकी बस्ने प्रेम बस्नेत सोमबार साँझ रत्नपार्कबाट कलंकीका लागि माइक्रोबस चढे। कालीमाटी पुगेपछि सह–चालकले उनीसँग भाडा मागे। उनले ५० रुपैया दिए। तर सह–चालकले २५ रुपैया मात्र फिर्ता गरे। जबकी कंलकीदेखि कालिमाटीको भाडा १८ रुपैया मात्र हो। यसो हेर्ने हो भने नेपाली आम उपभोक्ताहरु व्यापारीबाट विभिन्न तरिकाले ठगिने गरेका छन्। कहिले कम ग्यास भएका सिलिन्डर त कहिले कम परिणामको तेल त कहिले कम तौलका खाद्य सामग्री र फलफूलहरु। जे जस्तो भए पनि आफू ठगीमा परेको थाहा पाउँदा पाउँदै पनि ति बस्तुहरु उपभोग गर्न बाध्य छन्, उपभोक्ताहरु। यसरी थुप्रै उपभोक्ताहरुले आफू सामान खरिद गर्दा ठगीमा परेको गुनासाहरु सामाजिक सञ्जालमा पोखेका छन्। बजारमा मात्र होइन, उपभोक्ता र सेवाग्राही नठगिएका क्षेत्र सायद विरलै होलान, सार्वजनिक यातायात, संचार, स्वास्थ्य, सरकारी कार्यालयलगायत सबैतीर उपभोक्ताहरु ठगिएका छन्। सेवाहरुको स्तर पनि खस्किदै गएको छ। उपभोक्ता र सेवाग्राहीका अधिकार दबाइएको छ। स्तरहिन उपभोग्य सामग्री र वस्तुहरु, मनलागी मूल्य, ढिलासुस्ती, ठगी, कालोबजारीलगायतका समस्याबाट उपभोक्ता तथा सेवाग्राहीहरु आक्रान्त छन्। उपभोक्ता अधिकारको सुनिश्चितता तथा पहुँच र चेतनाको स्तर बढ्न सकेको छैन। र, झन्झटिला प्रक्रिया र त्यस्ता निकाय अपर्याप्तताले हाम्रो समाज पिरोलिएको छ। काठमाडौंसहित मुलुकका विभिन्न शहरहरुमा खोलिएका सुविधासम्पन्न डिपार्टमेन्ट स्टोरलगायतका ठूलासाना पसलहरुमा म्याद गुज्रेका खाद्यान्नको बिगबिगी नै छ। यस्ता स्टोर र पसलहरुमा सरकारी निकायले बेलाबेलामा छापा मार्ने गरेका पनि छन्। नुनदेखि सुनसम्म, खानेपानीदेखि खाद्यान्नका अन्य सामानहरुमा हुने मिसावट र कम गुणस्तरका सामान प्रयोग गर्नु पर्दाको पीडा आम मानिसमा छ।
अध्यक्ष बाँनियाले कोभिडको समयमा अफ्ठेरोमा परेका व्यवसायीहरुले यहीं मौका हो भन्दै मूल्य बढाएर ठगी गरेको पनि आरोप लगाए। उनले भने, ‘कोरोनाको बहानामा बजारमा कृत्रिम मूल्य वृद्धि गरियो। साना व्यापारीले भन्दा पनि ठूला व्यापारीहरुले ठग्ने हिसाबबाटै बजारमा उपभोग्य बस्तुको भाउ बढाएका छन्। सरकारी निकायले बजारमा अनुगमन बढाइरहेपनि उपभोक्ताहरु ठगीमा परिरहने कारणबारे उपभोक्ता हित अधिकार मञ्चका अध्यक्ष ज्योति बाँनियाले सरकारी अनुगमन झारा टार्ने काम मात्र भएको आरोप लगाएका छन्। ‘सरकारी अनुगमन झारा टार्ने काम मात्र हो। कुनै सुवेरीक्षण छैन, ҆ उनले भने, ‘कुनै मूल्य बिश्लेषण छैन, बजार कस्तो छ केही थाहा छैन। राज्यको दायित्व त हो तर राज्यले त्यो गर्न सकेन। त्यति मात्र कहाँ हो र, आयल निगमले वितरण गर्ने पेट्रोलियम पदार्थमा समेत कम तौल र परिणाम भएको खवर समय समयमा बाहिर नआएका होइनन्। केही पेट्रोलियम पदार्थ बेच्ने पम्पहरुमा सिलबन्दी गरी कारबाहीको सुरुवात सरकारले गरेता पनि त्यो पर्याप्त र दिगो हुन सकिरहेको छैन। निरीह जनताहरु बजारमा सामान नपाइएला कि भनेर जतिसुकै ठगिनु परे पनि सामान किन्न बाध्य छन्। मानिसको जिवनमा प्रत्यक्ष रुपमा सरोकार राख्ने पानी जस्तो संवेदनशील बस्तुमा समेत मिसावट र जारको पानीमा लेदो तथा मरेका किरा भेटिनु सामान्य नै बनिसकेको छ। दैनिक रुपमा उपभोक्ताहरु ठगीमा परेका गुनासा तथा उजुरीहरु यस विभागमा आउने गरेको विभागका प्रवक्ता हरि पंगेनी बताउँछन्। ‘हामीकहाँ सामान्यतया मूल्यबारे उजुरीहरु धेरै आउने गरेका छन्,’ उनी भन्छन्, ‘अहिले सबै क्षेत्रका उजुरीहरु परेका छन्।’ हरेक गुनासाहरुमा सरोकार राख्न र हरेक उपभोक्ताहरुको अधिकार संरक्षण गर्न बनेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज विश्व उपभोक्ता अधिकार दिवस मनाउँदै छ। ‘सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्ताको अधिकार’लाई यस वर्षको नारा तय गरिएको छ। वाणिज्य विभागमा ११३७ पैसा नलाग्ने टोल फ्रि नम्बरमा उपभोक्ताले उजुरी टिपाउन सक्ने व्यवस्था गरेको छ। साथै विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारहरुलाई पनि उजुरीको रुपमा लिने गरेको प्रवक्ता पंगेनीले बताए। सँगसँगै इन्टरनेट फ्रेन्ड्ली मानिसहरुका लागि सिआरएमआइएस नामक सफ्टवेयरको पनि व्यवस्था गरिएको छ। जसबाट आम उपभोक्ताहरुले आफ्नो उजुरी टिपाइरहेको र यसबाहेक कहिलेकाहीँ विभागका महानिर्देशक र प्रवक्ताको सम्पर्क नम्बरमा पनि उपभोक्ताहरुले उजुरी टिपाउने गरेको उनले बताए। उनका अनुसार यी सबै माध्यमबाट आउने उजुरीहरुलाई प्राथमिक्ताका साथ सम्बोधन गरेको उनको भनाइ छ। आम उपभोक्ताहरुमा सरोकार राख्ने सबै क्षेत्रमा गुणस्तर कम भएका र मूल्यवृद्धि भएको, सप्लाईको कुरा, अखाद्य मिसावट, मासुजन्य बस्तुलगाएतका विषयहरुमा उजुरी धेरै आउने गरेको उनले बताए। बढी उनले भने, ‘उजुरी खाद्यान्नको आउने गरेको छ।’
विभागले तीन किसिमबाट बजार अनुगमन गर्दै आएको छ। सुरुमा रेगुलर मोनिटरिंग, जसमा उजुरीर नपरेता पनि बेला बेलामा प्रकृति हेरेर, ठाउँ विशेष हेरेर, बजार अनुगमनलाई वार्षीक कार्ययोजनामा ढालेर ति ठाउँहरुमा अनुगमन गर्ने गरेको छ। दोस्रोमा प्राप्त भएका उजुरीका आधारमा बजार अनुगमन गरिन्छ भने तेस्रो भनेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक कृयाकलाप हुने आशंका ठहरिएको खण्डमा अनुगमन हुने गर्छ। जस्तै, ठूला ठूला गोदामहरु, फ्याक्ट्रीहरुमा मिसावट हुने, म्याद गुज्रिएका सामान राखिने हुँदा विभागले बजार अनुगमन गरेर बस्तुको गुणस्तरको सुनिश्चितता र मूल्य निर्धारण गर्ने गरेको विभागले जनाएको छ। उपभोक्ता दिवसका अवधरमा नागरिक टिमले उपभोक्ता र सेवाग्रहीहरुको समस्याहरुलाई उजागर गर्ने प्रयास गरेको छ। कसरी ठगिएका छन्? गूनासो र समस्याहरु कहाँ कहाँ गर्ने र कसरी गर्ने? के छ सरकारी व्यवस्था? विभागले उपभौक्ताको उजुरीका आधारमा गरिने अनुगमनका क्षेत्रहरुमा फार्मेसी पसल, खाद्यान्न तथा किराना पसल, कस्मेटीक तथा कपडा पसल, स्टेश्नरी पसल, सर्जिकल हाउस, अण्डा तथा मासु पसल, मार्ट, फ्युल तथा कोइला पसल, ग्यास, ग्रोसरी, चश्मा पसल, डिपार्टमेन्ट स्टोर, पानी उद्योग, मदिरा तथा पेय पदार्थ, प्याकेजिंग, फलफूल तथा तरकारी पसल, दुग्धजन्य पदार्थ तथा बेकरी पसललगाएतका रहेका छन्। विभागले यी क्षेत्रहरुमा २०७८ साउन महिनादेखि माघ मसान्तसम्मको बजार अनुगमन तथा निरीक्षणको विवरण तथा प्रतिवेशनलाई हेर्ने हो भने विभागबाट अनुगमन भएका फर्महरु १८१९ वटा रहेका छन्। जसमध्ये पनि सामान्य अवस्थामा ३ वटा फर्म रहेका छन्। त्यस्तै अनुगमनबाट तत्कालै सुधार भएका र सुधार गर्न निर्देशन दिएका फर्महरुको संख्या ८२३ रहेको छ। बजार अनुगमनबाट खान अयोग्य र म्याद सकिएकोले तत्कालै नष्ट गर्न लगाइएको रकम करिब २८ लाख ५५ हजार ३१८ रुपैयाँ रहेको विभागले जनाएको छ। यसैगरि, आवश्यक कागजात वा स्पष्टीकरणका लागि बोलाइएका फर्महरुको संख्या ३८० वटा रहेको छ। सोहीक्रममा अनुगमनबाट दोषी भेटिएकाले जरिवाना गरिएका फर्म, व्यक्ति वा संस्था ८६३ वटा छन्। सो जरिवानाबाट संकल्न भएको रकम ८९ लाख ८० हजार रुपैयाँ रहेको तथ्यांकमा उल्लेख छ। उजुरीका आधारमा १६ फर्मबाट बस्तुको परीक्षणका लागि नमुना लिएको छ। साथै गुणस्तरहिन बस्तु बेचेको भन्दै विभागले १२ वटा फर्मको कारोबार रोक्का तथा सिलबन्दी गरिएको छ। यस्तै ३ वटा फर्मलाई अभियोजनमा लगिएको र ३ वटा साधन तथा व्यक्तिलाई नियन्त्रणमा लिएको पनि विभागले जनाएको छ। उजुरी परिसकेपछि उजुरीको प्राथमिक्ता र रिस्क हेरेर सुनुवाइ हुने विभागले जनाएको छ। सम्बन्धित उजुरी सम्बन्धित निकायमा लिएर जाने हुँदा उजुरीको सुनुवाइ उजुरी आएकै दिन वा त्यसको भोलिपल्ट हुने विभागले जनाएको छ। विभागका अनुसार पहिले उजुरी आउने र अहिले उजुरी आउने क्रममा अत्यधिक वृद्धि भएको छ। उपभोक्ताहरुका लागि उजुरी गर्ने संयन्त्र अहिले विभागले बढाएको छ।

Like