चाँदी चाहिँ स्थिर रहँदै सुनको मूल्य बढ्दै

Share to:

रासंसा/काठमाण्डौ, माघ २७,

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहबिार ५ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । तेजावी सुन प्रतितोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Like