३६३७ जना कोरोना संक्रमित थपिए, २४ घण्टामा १२ जनाको मृत्यु
रासंसा/काठमाण्डौ, माघ १९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १२ जनाको मृत्यु भएको छ भने ७५५५ जना संक्रमति अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११५८२ जनामा गरिएको नमूना परीक्षणमा ३६३७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा ८१५७९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर ६९२९१ जना सक्रिय संक्रमित रहेका छन् ।
Like