भुमिहिन ,सुकुम्बासी र दलित सुकुम्बासीहरुलाई पुर्जा वितरण गर्न संझौता पत्र हस्तान्तरण
अन्जनराज न्यौपाने /गण्डकी प्रदेश समाचार / १८ गते मंगलबार ।तनहुँ *****************************************
भूमिहीन, सुकुम्बासी, दलित सुकुम्बासी, अव्यवस्थित बसोबास गर्ने समुदायहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्न सम्झौता पत्र हस्तान्तरण गरिएको छ ।
जिल्ला समन्वय समितिको कार्यलयमा आयोजित एक कार्यक्रममा दशै स्थानीय तहका प्रमुख एब्म् राष्ट्रिय भूमि आयोगका बीच उक्त सम्झौता पत्र हस्तान्तरण गरिएको हो।
राष्ट्रिय भूमि आयोगका तनहुँ जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी मार्फत दशै स्थानीय तहका प्रमुखहरुले राष्ट्रिय भुमि आयोगका केन्द्रीय सदस्य बासुदेव हुमागाईं समक्ष सम्झौता पत्र हस्तान्तरण गरेका हुन्।
। तनहुँ जिल्लाका ६ गाँउपालिका र ४ नगरपालिकामा बसोबास गर्ने भुमिहिन,सुकुम्बासी ,दलित सुकुम्बासी र अब्यवस्थित बसोबास गर्ने देवघाट गाँउपालिका,आँबुखैरेनी गाँउपालिका,बन्दिपुरगाँउपालिका,भिमाद नगरपालिका ,ब्यासनगरपालिका,म्याग्दे गाँउपालिका,सुक्ला गण्डकी नगरपालिका ,भिमाद नगरपालिका ,ऋषिङ्ग गाँउपालिका र घिरिङ गाँउपालिकाका भुमिहिन सुकुम्बासी,दलित सुकुम्बासी तथा अब्यवसथित बसोबास गर्ने वर्गको तथ्यांक संकलन गरिएको राष्ट्रिय भुमि आयोग तनहुँले जनाएको छ। 