आज २३ लाख ४० हजार मोर्डना खोप नेपाल आउँदैआज २३ लाख ४० हजार नेपाल आउँदै

Share to:

रासंसा/काठमाण्डौ, माघ ११,
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार आज २३ लाख ४० हजार डोज खोप नेपाल आउन लागेको बताउनु भयो । कोरोना विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप आज नेपाल आउँदै छ । यसअघि हिजो पनि १६ लाख ६० हजार डोज मोर्डना खोप आइसकेको छ । यो खोप सरकारले विश्व बैंकको पहलमा खरिद गरेको उहाँले बताउनु भएको हो । उहाँका अनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन । खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था भने सरकारले आफैं गर्ने बताइएको छ । सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको छ । यसअघि पनि नेपालमा ३८ लाख मोडर्ना खोप आइसकेको छ ।

Like