मेयर र उपमेयरलाई कोरोना देखिएसगै ४ दिन सम्मकालागि नगरपालिका बन्द

Share to:

अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार / १० गते सोमबार तनहुँ ।******************************************

तनहुँ जिल्लाकै जेठो नगरपालिका ब्यास नगरपालिकाको दमौलीले आफ्नो कार्यालयका सम्पुर्ण कामकारबाही ४ दिन सम्मकालागि बन्दगर्ने भएको छ।
माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सिलसिलामा मतदाताहरुले कोभिड-१९ को अनिवार्य पि.सि.आर. परिक्षण गर्नुपर्ने , निर्वाचन आयोगको परिपत्रको आधारमा सोमबार व्यास नगरपालिकाको कार्यालयमा रहेको पि.सि.आर. ल्यावमा परिक्षण गर्दा नगर प्रमुख र उप-प्रमुखको परिक्षण रिपोर्ट पोजेटिभ देखिएको र केहि अन्य कर्मचारी समेत संक्रमित भएको पाईएकाले व्यास नगरपालिकाको अत्यावश्यक सेवा बाहेक अन्य सेवा २०७८ माघ ११ देखी २०७८ माघ १४ गतेसम्म  बन्द गरिने ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उलेख गरिएको छ।
“स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी सुरक्षीत रहन सम्पुर्ण नगरबासीमा कार्यालयले अनुरोध गरेको छ।

Like