होम साकोसको १३औं साधारणसभा सम्पन्न, अध्यक्षमा दोहोरिए महर्जन
काठमाडौं । ललितपुर स्थित सञ्चालित होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौ बार्षिक साधारण सभा शुक्रबार आफ्नै भवनमा सम्पन्न भएको छ ।
साधारणसभा ललितपुर महानगरपालिका सहकारी शाखा अधिकृत चिरञ्जिवी पौडेलको प्रमुख आतिथ्यता एवं सहकारीका अध्यक्ष मुकुन्द महर्जनको सभापतित्वमा सम्पन्न भएको हो । साधारणसभामा अधिवक्ता रमिला शाक्य, पत्रकार सरदराज सुवेदी लगायतका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारीकी सचिव शोभना थापाले गर्नुभएको थियो ।
साधारणसभाले संस्थाको आयव्यय विवरण, लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
साधारणसभाले थप ४ बर्षको लागि मुकुन्द महर्जनलाई नै अध्यक्षमा दोहोर्याएको छ । नयाँ कार्यसमितिको जिम्मेवारी प्राप्त गरेपछि महर्जनलाई उक्त सहकारी प्रतिष्पर्धी बजारमा अझ चुस्तदुरुस्त बनाउँदै नयाँ तवरले सेवा प्रवाह गर्नमा अझ सशक्त रुपमा अघी बढ्ने बताउनुभयो । साथै संस्थालाई अहिलेको अवस्था सम्म ल्याउन सहयोग पुर्याउने सदस्य, कर्मचारी एवं शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता समेत प्रकट गर्नुभयो ।
हाल यस सहकारीमा ६ सय ४८ सदस्यहरु रहेका छन् भने आ.व ०७७–७८ मा ५ करोड ८१ लाख भन्दा बढी निक्षेप संकलन गर्न सफल भएको छ ।