अविनाश पन्थको टोलीद्वारा २० विद्यार्थीलाई न्यानो स्विटर वितरण

अन्जनराज न्यौपानी गण्डकी प्रदेश
तनहुँ ।
शिक्षा विशेष समाचार
सामाजिक अभियन्ता अविनाश पन्थको टोलीले व्यास नगरपालिका–१२ स्थित अमर ज्योति माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई न्यानो स्विटर वितरण गरेको छ।
बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै आर्थिक रूपमा विपन्न तथा आवश्यकतामा रहेका विद्यार्थीलाई लक्षित गरी स्विटर वितरण गरिएको हो। चिसोका कारण बालबालिकाको पठनपाठनमा कुनै असहजता नहोस् र उनीहरूलाई केही राहत मिलोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको टोलीले जनाएको छ।
अभियन्ता पन्थको टोलीले विगत केही वर्षदेखि सामाजिक अभियानमार्फत विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडालगायतका सामग्री सहयोग गर्दै आएको छ। यस वर्ष पनि सोही अभियानलाई निरन्तरता दिँदै संकलित सहयोग रकम विद्यार्थीको हितमा खर्च गरिएको टोलीले स्पष्ट पारेको छ। आगामी दिनमा समेत यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिइने बताइएको छ।
