प्रदेशसंचारसमाचार

तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुई वटा ट्याक्टर कारबाहीमा, २४ हजार जरिवाना तिराइयो

Share to:

​दमौली, तनहुँ — जिल्ला प्रहरी कार्यालय, तनहुँले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिई जरिवानाबापत कारबाही गरेको छ।
​जिल्ला प्रहरी कार्यालय तनहुँअन्तर्गत इलाका प्रहरी कार्यालय बेलचौताराइ तनहुँबाट खटिएको प्रहरी टोलीले मिति २०८३ साल माघ ११ गते शुक्लागण्डकी नगरपालिका वडा नं. ०७ दोभान म्याग्दे खोलास्थित क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गरिरहेका २ वटा ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको हो ।
​आवश्यक कारबाहीका लागि ती सवारी साधनहरूलाई शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा पठाइएकोमा प्रति सवारी साधन रु. १२,००० का दरले एकमुष्ठ रु. २४,००० (चौबीस हजार रूपैयाँ) जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए।

Like