ब्राह्मण समाज नेपाल व्यास-४ को तेस्रो अधिवेशन सम्पन्न,

अन्जन राज न्यौपाने
गण्डकी प्रदेश
तनहु।
असोज -१० गते
ब्राह्मण समाज नेपाल, व्यास नगरपालिका वडा नं. ४ को तेस्रो अधिवेशन शनिबारका भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति, नगर परिषद् र जिल्ला परिषद् सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
अधिवेशनबाट अध्यक्ष पदमा सीता पण्डित निर्वाचित भएकी छिन्। उनको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ जस अन्तर्गत
समितिको उपाध्यक्षमा
– उपाध्यक्ष : नवराज छिमाल
– सचिव : निर्मला चापागाईं
– कोषाध्यक्ष : राधा न्यौपाने वाग्ले
– सह-सचिव :शान्तिदेवी छिमाल गैली
– सदस्यहरु :श्रीकृष्णराज पौडेल, मधु माया घिमिरे, विष्णु प्रसाद आचार्य र चन्द्रकला लामिछाने सर्वसम्मत निर्वाचित भएकी छिन्।
नगर परिषद् सदस्यहरुमा क्रमशः सीता खनाल, सरस्वती पौडेल, भरतराज पौडेल, सूर्य कला काफ्ले र जयकृष्ण न्यौपाने चयन भएका हुन्
जिल्ला परिषद् सदस्यहरुमा
विजयराज भट्टराई, अन्जननराज न्यौपाने, तिकाराम ढाहाल, शारदा पोख्रेल र रमा वाग्ले निर्वाचित भएका हुन्।
यसैगरी सोही अवसरमा वडा नं. ४ को महिला समिति पनि गठन गरिएको छ। महिला समितिको अध्यक्षमा मधुमाया घिमिरे र उपाध्यक्षमा मिरा न्यौपाने सर्वसम्मत चयन भएका छन। समितिको सचिवमा वसुन्धरा पौडेल, सह-सचिवमा देवी न्यौपाने र कोषाध्यक्षमा अनुसा पौडेल निर्वाचित भएका छन्।
सदस्यहरुमा क्रमश सपना दाहाल, विजया पौडेल, सीता पण्डित , सरला देवी छिमाल, मैया भट्टराई र लक्ष्मी सिग्देल चयन भएका छन्।
निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, सदस्यहरु शान्तराम न्यौपाने र अर्जुन पण्डित रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गराएको थियो।
