अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

आज मुलुकका प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ६,

मुलुकका प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले यही असोज ८ गते राष्ट्रसङ्घ महासभाको उच्चस्तरीय सत्रलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका छ। प्रधानमन्त्रीको पदभार सम्हालेपछि यो उनको पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजको उडानमार्फत न्यूयोर्कतर्फ प्रस्थान गरेका हुन्। न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। महासभाका विभिन्न सत्र तथा छलफलमा सहभागी भई उनी यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको भ्रमण दलमा उनका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन्।

Like