तनहुँको व्यास-४मा १६१ औँ मोती जयन्तीको अवसरमा खुला कविता प्रतियोगिता

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश

व्यास (तनहुँ), भदौ २६
तनहुँको व्यास नगरपालिकामा “भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान” भन्ने मूल नाराका साथ १६१ औँ मोती जयन्तीको पावन अवसरमा माध्यमिक तथा आधारभूत तहका लागि खुला कविता प्रतियोगिता सम्पन्न भएको छ। व्यास नगरपालिका वडा नं. ४ को सभाकक्षमा आयोजित उक्त कार्यक्रम गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजना तथा व्यास न.पा. वडा नं. ४ को कार्यालय, दमौली, तनहुँको प्रायोजनमा सम्पन्न भएको हो।
गण्डकी वाङ्मय प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपानेको सभापतित्वमा भएको सो कार्यक्रममा व्यास नगरपालिका वडा नं. ४ का वडाध्यक्ष मनबहादुर गुरुङ प्रमुख अतिथि रहेका हुन। कार्यक्रममा व्यास-४ का कुल ९ वटा विद्यालयहरूको सहभागिता रहेको गण्डकी वाङ्मय प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपानेले बताइन्।
कार्यक्रममा व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने, व्यास नगर प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेत, कृष्ण द्वैपायन सत्संग समितिका सल्लाहकार डा. रघुनाथ न्यौपाने, महिला वडा समन्वय समितिकी अध्यक्ष रमा वाग्ले, मदर्शा आधारभूत माध्यमिक विद्यालयका प्रअ सतार मिया, साहित्यकार मधुमाया घिमिरे,तनहुँ कालिका मन्दिर संरक्षण समितिकि अध्यक्ष भगवती न्यौपाने , व्यास -४ कि डा सदस्य राधा वि,क, गण्डकी वाङ्मय प्रतिष्ठानका महासचिव अमरराज नहर्की लगायतको उपस्थिति रहेको थियो।




” class=”alignnone size-large wp-image-32144″ />
कार्यक्रमलाई सम्पन्न गर्नका लागि अन्जना तिमल्सिना न्यौपाने, प्रमोद न्यौपाने र लक्ष्मी तिमल्सिना रहेको निर्णायक मण्डल को भुमिकामा रहेका थिए।
