तनहुँमा लागू औषध विरुद्ध Dog Sniffing सहितको संयुक्त चेकिङ

अन्जनराज न्यौपाने गण्डकी प्रदेश
तनहुँ
सुरक्षा समाचार
दमौली, तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले लागू औषध नियन्त्रणका लागि तालिमप्राप्त कुकुर Dog Sniffing को सहयोगमा संयुक्त चेकिङ अभियान सञ्चालन गरेको छ।
जिप्रका तनहुँले २०८३/०३/१२ गते जारी गरेको प्रेस विज्ञप्ति नं. २५ अनुसार कार्यालयबाट तयार पारिएको साप्ताहिक लागू औषध न्यूनीकरण तथा रोकथाम कार्ययोजना बमोजिम सो अभियान चलाइएको हो। 
मिति २०८३/०३/१२ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, क्यानाइन शाखाको समन्वयमा जिल्ला तनहुँ, शुक्लागण्डकी नगरपालिका वडा नं. २ कोत्रे स्थितमा Dog Sniffing सहितको संयुक्त चेकिङ गरिएको प्रहरीले जनाएको छ।
चेकिङका क्रममा प्रहरी र तालिमप्राप्त कुकुरले सवारी साधन तथा सामानको शंका लागि जाँच गरेका थिए।
जिप्रका तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले लागू औषधको ओसारपसार र दुव्र्यसन नियन्त्रण गर्न यस्ता नियमित अभियान निरन्तर हुने बताएका छन्।
