मेयरबाट सांसद बन्न धमाधम राजीनामा
रासंसा/मोरङ, माघ ४,
मुलुकमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पदबाट राजीनामा दिएका छन् । उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन् । यसअघि आज नै बालेन शाहले काठमाडौँ महानगरको प्रमुखबाट राजीनामा दिएका थिए । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले आइतबार राजीनामा दिएका हुन् ।

Like