सफल जीवनका सफल सूत्रहरु
रासंसा/काठमाण्डौ, पौष १८,
जतिसुकै दौडधूप गरेपनि, जतिसुकै कामधन्दामा लागेपनि त्यसबाट सन्तुष्ट प्राप्त गर्न भने सकिदैन । हाम्रो जीवन धपेडीमा वित्छ । बिहान उठ्नसाथ हामीलाई कुनै न कुनै कामले छोप्छ । दिनभर दौडधूप गर्छौं । भेटघाट, कामकुरो, कामधन्दा आदिको यसरी चक्कर लगाउँछौं कि, हाम्रो शरीर कुनै यन्त्र हो । अर्थात हाम्रो दैनिकी यन्त्रवत् हुन्छ । आरमले खाने, मस्त सुत्ने, आनन्दपूर्वक पढ्ने, धीत मरुञ्जेल रमाइलो गर्ने फुर्सद मिलाउनै सकिदैन । हामीलाई काम–व्यवहारले सधै अत्याइरहन्छ ।
अक्सर हामी अत्तालिएका हुन्छौं, हतारमा हुन्छौं, तनावमा हुन्छौं । तर, त्यसबाट हामीले के पाउँछौं ? हामी यति धेरै अस्तव्यस्त हुन्छौं कि फुर्सदले सास फेर्न पनि पाउँदैनौं । जबकि यी सबै तारतम्या मिलाउनुको एउटै उदेश्य हुन्छ आरमको जिन्दगी भोग गर्न पाइयोस् । जिन्दगी सहज होस् । तर, भौतिक स्रोत र साधनले मात्र जिन्दगीलाई सहज बनाउँदैन । यसका लागि हामीले जिउने शैली नै बदल्नुपर्छ । जिन्दगीलाई कसरी सहज र सरल बनाउने त ? यसको आधारभूत सूत्र हो, धेरै महत्वकांक्षी नबन्ने, धेरै खर्च नगर्ने, अनावश्यक तडकभडक नगर्ने, खराब बानीहरु त्याग्ने ।
बिस्तारै आफुलाई बदलौ कुनैपनि कुराको नतिजा तुरुन्तै प्राप्त हुँदैन । हामी सानो उमेरदेखि जुन कुरामा अभ्यस्त हुँदै आयौं, त्यसलाई बदल्न पनि समय लाग्छ । धैर्यता चाहिन्छ । त्यसैले आफ्नो जिन्दगी वा जीवनशैली बदल्नका लागि पनि समय लाग्छ र यो क्रमस बद्लिनु पर्छ । यसको सुरुवात आफ्नो डायरी लेखनबाट गरौं । डायरी बनाएर त्यसमा लेखौं कि, के के कुरा बदल्नुछ । के कुरा त्याग्नु छ । के कुरा आर्जन गर्नुछ । सोही अनुसार प्राथमिकतामा राखेर आफुलाई परिवर्तन गरौं ।
कुनै कुरालाई अधिकतम प्रयोग गरौं हामीसँग भएका कुराहरुलाई अधिकतम उपयोग गरौं । कुनैपनि कुरा त्यतीकै नछाडौं । अन्तिम अवस्थासम्म त्यसको सदुपयोग गरौं । जस्तो लुगाफाटो नै फाटेमा, च्यातिएमा त्यसलाई सिलाएर लगाउन सकन्छ । भाँडावर्तन टुटफुट भएमा त्यसलाई गमला वा अन्य बस्तुको रुपमा प्रयोग गर्न सकिन्छ । यसरी कुनैपनि कुरालाई अन्तिम अवस्थासम्म सदुपयोग गरौं ।
अनावश्यक कुराबाट छुटकारा हामी त्यस्ता अनावश्यक काममा अल्झिरहेका हुन्छौं, जो जीवनमा खास जरुरी हुँदैन । अनावश्यक लुगाफाटो, किनमेल, गफ, चियो चर्चा, चासो । यस्ता अनावश्यक कुरालाई आफ्नो जिन्दगीबाट कटौती गरौं । चाहे घरका भौतिक चिजबिज होस् वा आनीबानी, जुन कुरा काम लाग्दैन त्यसलाई हटाऔं ।
व्यवस्थित रहौं हामी प्राय धपेडीमा हुन्छौं । हाम्रो दैनिकी नै अस्तव्यस्त हुन्छ । खासमा हामी आफ्नो जिन्दगीका लागि पनि कुशल व्यवस्थापक हुन जरुरी छ । हामीले आफ्नो लुगाफाटो, सरसामनदेखि समयसम्मको उचित व्यवस्थापन गर्नुपर्छ । आफुलाई जरुरी कुराहरु सुरक्षित राख्ने, जरुरी कामहरु समयमै सम्पन्न गर्ने जस्ता कामले हामीलाई व्यवस्थित बनाउँछ ।
किनमेलमा सोचविचार गरौं हामीलाई जे देख्यो किन्न मन लाग्छ । हामीले जीवनमा यस्ता थुपै कुरा खरिद गर्छौं, जसले खास फाइदा गर्दैन । वा हाम्रो जीवनमा त्यस्ता कुरा खासै प्रयोगमा आउँदैनन् । यसरी अनावश्यक कुराहरु खरिद नगरौं । जुन कुरा आवश्यक र महत्वपूर्ण छ त्यसलाई मात्र खरिद गरौं । जति धेरै व्यायभार घट्छ, उत्तिनै जीवन सहज हुन्छ ।
भगवान गौतम बुद्धले भनेका छन् कसैको बारेमा प्रशंसा गर्नमा समय खेर नफाल बरु राम्रा कुरा अपनाउने कोशिस गर । परिस्थित चाहे जस्तो सुकै होस, त्यसलाई पार गर्नैपर्छ । आफ्नो लक्ष्य प्राप्ती र त्यसको नतिजासँग सन्तुष्ट रहन सक्नुपर्छ । आफ्नो लक्ष्यलाई चिन्तन गर्दै यथार्थमा परिणत गर्नु पूर्ण प्रयास गर्नै पर्छ । आफूले चाहेजस्तो जीवन, चाहेको गति, सुखी जीवन, रमाइलो गरि बितोस, सोचे जति सफलता होस कहिले पनि रुन नपरोस र सधै सफल जीवन जिउने चाहाना कस्लाई हुँदैन र ? तर के सफल जीवन भनेकाे सुविधामा बस्नु मात्रै हो ? राम्रो बानीको विकासले नै जिन्दगी सुन्दर बन्छ । उत्कृष्ट कुनै कार्यबाट हुने होइन त्यो बानीबाट हुने हो । हरेक मानिसका आ-आफ्नो बानी, सोच र आफ्नै व्यत्तित्व हुन्छ । जसमा कुनै राम्रो पाटाे पनि हन्छ त कुनै नराम्रो पनि ।
-उद्धेश्य नबदल्ने : यदि तपाईको भित्र मनबाट आएको इच्छा जुन इच्छा बाहेक नै तपाईले काम गर्नुहुन्छ भने त्यस काममा कहिले पनि सफलता हात लाग्न सक्दैन । तसर्थ एउटा निश्चित उद्धेश्य बनाएर त्यसको प्राप्तीमा लाग्नु प्रभावकारी हुन्छ । तर एकपटकमा धेरै उद्धेश्य बनाउन थालियो भने हामी भित्रको उर्जा र समय अनावश्यक रुपमा खेर जान्छ । सफलता पनि हुन सक्दैन । असफलतालाई अगाल्नुहोस् : जीवनमा कुनै पनि मानिसहरु असफल हुन चाहदैनन् तर पनि ती व्यक्तिहरूले जीवनको कुनै क्षणमा एकपटक असफल भएका नै हुन्छन् । असफलताको सामना गर्नुस् किनकी सफल र विशिष्ट जीवनका लागि केहि असफलताहरु पनि अपरिहार्य छ । त्यसैले तपाईहरु पनि जति नै कठिन समय गुर्जनुहुन्छ, त्यतिनै अगाडि बढ्ने प्रयास गर्नुहोस् । आफ्नो कल्पनाको जीवन बिताउन चाहानुहुन्छ भने असफलतालाई तपाईको जीवनको एक अंश बनाउनुहोस् थोरै बोल्नुस, धेरै काम गर्नुस् : धेरै सोच्नमा समय खेर नफाल्यौ बरु कसरी आफूलाई अगाडी बढाउने त्यसमा अघि बढ्ने ।त्यसैले कुनै कामको लागि सहि समय त्यहि हो जुन तपाईले जति खेर त्यो समयको बारेमा सोच्नु भयो । जे गर्ने सोच्नु हुन्छ । सोच बन्न साथ त्याे कामलाइगरिहल्नुस् । भोलिलाई नकुर्नुस् ।
द्वन्द्वबाट टाढा रहने : द्वन्द्वले सम्बन्ध तोड्न सिकाउँछ, कठोर बन्न सिकाउँछ, जीवनलाई पीडा र असहजतातर्फ धकेल्छ । द्वन्द्व चाहे बाहिरी होस् वा अन्तर मनको यसले सधैँ दुरी मात्र बढाउँछ । त्यसैले द्वन्द्वबाट टाढा रहने ।
जीवनमा सन्तुलन कायम गर्ने : आफ्नो सपना र आफ्नो यथार्थलाई सन्तुलन गर्न सक्नु नै सफलता प्राप्त गर्नु हो । जस्तो जिन्दगी चाहानुहुन्छ त्यही क्षेत्रमा काम गर्ने । तर तपाईको चाहाना पेशा र जीवनयापनलाई सन्तुलित रुपमा अगाडी बढाउन सक्नुपर्छ ।
पहिलो कुरा, समयको निकै बचत गर्नुहोस् । कुनै पनि काम सोचेको समयभन्दा पहिले र राम्रो तरिकाले गर्नुहोस् । यो काम सफल हुने बित्तिकै शरीरमा स्फूिर्त आउँछ र मनमा ताजगीको अनुभूति हुन्छ । स्वस्थ जीवन जिउन निकै कठिन छ । जीवन हो, जिउन त पर्छ नै । तर, हामी त्यो जीवन कसरी जिउने कुरा मर्दासम्म पनि जानिराखेका हुँदैनौ । जीवन जिउने भनेको बाँच्नु हो तर स्वस्थ जीवन जिउनु भनेको भिन्दै कुरा हो । स्वस्थ जीवन भनेको तन वा शरीर र मन वा सोचबीचको सन्तुलित तालमेल हो । थकाइको महसुस नै हुँदैन । यो स्फूर्तिले थप नयाँ र सिर्जनात्मक कार्य गर्न प्रेरित गर्दछ । यो भनेको तनावको राम्रो उपचार हो । यसले जीवन जिउने नयाँ तरिका र उपायको खोजी र विकास गर्न सिकाउँछ । ‘स्वस्थ मन, स्वस्थ शरीर र स्वस्थ शरीर, स्वस्थ मन’ लाई व्यावहारिक रूप प्रदान गर्दछ ।
दोस्रो कुरा, कामको आफ्नो कार्यतालिकालाई सन्तुलित र सजीव बनाउनुहोस् । यसले तपाईंलाई दिमागी थकान र तनावबाट निकै राहत प्रदान गर्दछ । यसले सरल र सहज दिनचर्यालाई बढावा दिन्छ । जीवन निकै हल्का, सजीव र स्फूर्तिका साथै जीवनप्रति आशावादी बनाइराख्छ । जीवनबाट वाक्क र दिक्क बनाउँदैन । उठ्ने समय, काम गर्ने समय, खाना खाने समय, नास्ता खाने समय, आराम गर्ने समय र मनोरञ्जनात्मक क्रियाकलापको समय छुट्याई राखेमा कुनै पनि समय तनावपूर्ण रहँदैन ।
तेस्रो कुरा,खाना सन्तुलित खाइयो भने शरीरको आमाशयमा भएको पाचनप्रणाली वा जठाराग्नीले निकै सहजतामा काम गर्छ । यसरी काम भएका दिमागमा सन्तुलन आउँछ । दिमाग ठन्डा रहन्छ । पेट दुख्ने र टेन्सन पैदा हुने हुँदैन । यसले शरीरका लागि चाहिने खाद्य पदार्थ तथा पाचनका लागि आवश्यक हुने इन्जाइम वा तरल रस पैदा गर्न निकै मद्दत गर्दछ । यसले शरीरमा चमक, छालामा लचकता, कोमलता र रोग प्रतिरोधी क्षमताको विकासमा निकै मद्दत गर्दछ । वास्तवमा जीवन भनेको आहाराको प्रतिफल वा अभिव्यक्ति पनि हो । यसका लागि शरीरलाई चाहिने तŒवहरू प्रायः सबै रहेका खाना नै सन्तुलित आहारा हो ।
चौथो कुरा, जीवनका लागि योग जरुरी छ । योग भनेको शारीरिक व्यायाम हो । यो यस्तो व्यायाम हो, जसले शरीरको आन्तरिक तथा बाह्य दुवै शुद्धिलाई एकैपटक सन्तुलन मिलाएर अघि बढाउँछ । यसमा विभिन्न व्यायाम, प्राणायाम र ध्यानहरू पर्दछन् ।
पाँचौं कुरा, सकारात्मक किसिमले सोच्ने गर्नुहोस् । यसले तपार्इंको आयु बढाउँछ । काम गर्न जाँगर बढाउँछ । सकारात्मक सोचले राम्रा कामहरू मात्र गर्न प्रेरित गर्दछ । यो मानसिक तनावको मनोवैज्ञानिक उपचार पनि हो । छैटौं कुरा, खुसी रहनु र खुलेर हाँस्नु हो । यसले हृदयदेखि नै मानिसलाई खुला बनाउँछ । कपट, षड्यन्त्र, लालच, मोह र पूर्वाग्रहबाट यसले मुक्त गराउँछ ।
सातौं,गलत सोच र बानी त्याग्नुहोस् । यसले गर्दा आफूमा विकास भइरहेको हीनताबोध हराउँदै जान्छ । आत्मबल बढ्दै जान्छ । काम गर्ने जाँगर र सिर्जनात्मकतामा बढोत्तरी हुँदै जान्छ । आफन्त तथा साथीहरूले पनि आलोचना गर्नुको साटो माया र सहयोग गर्न थाल्छन् । यी कुराहरूले मानिसलाई सही र सार्थक जीवन जिउन मद्दत गर्छ ।
दिनमा सबैभन्दा सजिलो चिज छ भने त्यो होला अरूलाई दिने अर्ति र उपदेश । हामीले देखेको विश्वमा धेरै परिवर्तन आइसक्यो । तर, हामीले दिने सुझाव र सल्लाहमा परिवर्तन आएको छैन ।
सुझाव आफूले पालना गर्न गाह्रो हुन्छ, तर दिन सजिलो हुन्छ । त्यसैले होला, महात्मा गान्धीको एउटा सुन्दर भनाइले हामीलाई बार–बार याद दिलाउँछ, ‘संसार सुध्रिएजस्तो देख्न चाहन्छौ, त्यो आफैंबाट सुरु गर ।’
यसको अर्थ, जीवनलाई परमात्माको र अस्तित्वको उपहार मानेर उत्सवपूर्ण जीवन जिउन छोडी, जीवनलाई एउटा आकांक्षामा राख्ने र जीवनलाई सधैं अभाव र अपूर्ण ठान्ने मानिसप्रति सिधा सूत्र हो यो महात्मा गान्धीको ।
आफूलाई बाहेक हामीले अरू कसैलाई बदल्न सक्दैनौं । आफूबाहेक कसैलाई प्रेरित र रूपान्तरण गर्न पनि सक्दैनौं । तर, हाम्रो जीवनको एक चौथाइ समय सारा व्यक्तिहरू र अरूलाई नै बदल्नमा व्यथित गरिरहेका हुन्छौं । श्रीमती श्रीमानलाई बदल्न लागिपरेकी हुन्छिन् । श्रीमान् श्रीमतीलाई बदल्ने चेष्टा जीवनभरि गरिरहन्छन् । आमाबुबाले छोराछोरीलाई, प्रेमीले प्रेमिकालाई एवं प्रेमिकाले प्रेमीलाई । जीवनका सफलताका सूत्रहरू, धन कसरी कमाउने, असल नेतृत्व कसरी लिने, शान्ति र सुखी कसरी बन्ने, शरीर स्वस्थ कसरी राख्ने आदि आदि अरूले लेखेका किताब पढेर त्यस्तै बन्ने कोसिस गर्छौं हामी । राजनीति त अरूलाई बदल्ने प्रयासको व्यावहारिक रूप हो । राजनीतिको मर्म नै अरूमा दोष देख्नु र उसलाई बदल्ने प्रयास गर्नुमा छ । त्यसैकारणले त राजनीति कहिल्यै पनि जीवन विकासको उचित मार्ग बन्न सकेको पाइँदैन । चाणक्यले भन्नुभएजस्तै ‘परमात्मा चित्रमा होइन, चरित्रमा बसेको हुन्छ ।’ त्यसैले आफ्नै आत्मालाई मन्दिर बनाउने चरित्र निर्माण स्वयंले गर्नु जरुरी छ । हामी चित्र परिवर्तन गर्न लागिपर्छौं । तर, चरित्र परिवर्तन गर्न भुल्छौँ । ती किताबका पाना, जसमा हाम्रा चरित्रहरूले कुन–कुन ठाउँमा कस्ता भूमिका निभाए र हाम्रै चरित्रका कारण कस्ता–कस्ता असल या खराब कर्म गर्न हामीले स्वयंलाई प्रेरित गर्र्यौं ? एकपटक आँखा चिम्लेर आफैंले आफैंलाई प्रश्न गर्यौं भने थाहा लाग्छ, जुन चरित्रको प्रस्तुत नगर्दा पनि बेश हुन्थ्यो । तर, हामीले गरिसक्यौं । हामी बाहिर देख्दा जति सुन्दर छौँ, जति सुन्दर पहिरन र सुन्दर पद, सम्पत्ति प्राप्त गरे पनि भित्रको चरित्र कस्तो छ, स्वयंलाई मात्र थाहा हुन्छ । स्वयंको त्यो चरित्र थाहा पाउन पनि आफ्नै किताब आफैंले पढ्नु जरुरी हुन्छ ।
केही धैर्यता र कुशलता अनि होशपूर्ण अवस्था अपनाएर द्वैध चरित्रको प्रस्तुति नदिएको भए त्यो कर्मले मलाई पश्चातापमा लग्ने थिएन कि भन्ने विगतका कर्मप्रतिको परिणामले वर्तमानमा पिरोलेको पाइन्छ । राजनीतिमा सफल उच्च ओहोदामा पुगेको व्यक्ति होस् या भौतिक सम्पत्ति र व्यापार व्यवसायमा सम्पन्नता हासिल गरेको व्यक्ति होस्, धार्मिक गुरु भएर ख्याति बटुलेको व्यक्ति होस् या राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको नोकरी गरेर बाहिरी प्रशन्नता हासिल गरेको व्यक्ति होस्, भित्रबाट सन्तुष्ट छैन भने उसले आर्जन गरेका सबै समृद्धि उसलाई नै कौडी बराबरको खोक्रो लाग्ने गरेको पाइएको छ । सद्गुरु ओशो सिद्धार्थ बताउनुहुन्छ, जुन दिन हाम्रो सोचाइ महान् हुन्छ, त्यही दिनदेखि महान् व्यक्तिको संगत आफूसँग रहेको अनुभूति हुन थाल्छ । सोचले आफूलाई महान् बनाएको अनुभूति हुन सकेमात्र बाहिरी भौतिकताले पनि महानताको अनुभूति मिल्छ । अन्यथा के चिज प्राप्त गर्यो भने व्यक्ति महान हुन्छ भन्ने भौतिक सम्पन्नताको मापदण्ड अझैसम्म भेटिएको पाइँदैन ।
एन–मौकामा विशिष्ट व्यक्ति पनि जीवनभरको मरिमेटी भौतिक सम्पन्नताले खाली, खोक्रो र पछुताऊमा लगेको व्यक्त गर्छन् । उनीहरूका आफ्नै किताबका पानाले यी बताइरहेका हुन् । जीवनमा महान् बन्ने उद्देश्यले मानिस बन्न भूलेका त छैनौँ हामी ? आफैंले आफैंलाई गर्ने प्रश्न हो यो । एक मिनेटले जीवन बदलिन सक्दैन । तर, एक मिनेट सोचेर लिएको निर्णयले पूरा जीवन बदल्न सक्छ । हतारको निर्णय र फुर्सदको पछुताउले कुनै शान्ति मिल्नेवाला छैन ।
एउटा फक्रेको फूल देख्नासाथ त्यसको सुन्दरताले हामीलाई आकर्षित गर्छ । त्यसको रंग र सुन्दरताले खिचेर एकछिन एक सेकेन्डका लागि हामी आफूलाई सुन्दर फूल नै अनुभूति गर्दछौं । हामीले झट्ट देख्ने त्यो बाहिरी सुन्दरताले त हामीलाई आकर्षित गर्छ भने त्यसको नदेखिने लुकेको पक्ष वासना (सुगन्ध) गहिराइमा गएर मात्र अनुभूति गर्न सकिन्छ । एउटा कुरा प्राप्त गर्यो, अर्को बिग्रिरहेको छ भने, त्यो सफलताले सुख दिँदैन भने एकपछि अर्को गर्दै खोजिने सफलता पनि मृगतृष्णासरह हुन्छन्, जसले कहिल्यै पूर्णता दिँदैनन् । एकक्षण आकर्षण गर्ने सुगन्ध र यसभित्र सुगन्ध छ भन्ने बोध गर्न सक्नु विल्कुल फरक कुरा हुन् । जीवनलाई पनि बाहिर झट्ट देख्दा गरिने मूल्याङ्कन र गहिराइमा जीवनको रस, जिउनु, हुनुको बोध गर्नु र जीवन लयमा रमाउन सक्नु नै समग्रतामा जीवन जिउने कला जान्नु हो । हामीले जीवनप्रति लगाउने बाहिरी अर्थभन्दा लयवद्ध र सन्तुलित छ जीवन । कुनै एक चिजमा सफलता देख्नु र त्यसका लागि मरिमेट्नुभन्दा पनि जीवनका सबै पक्ष– धन, परिवार, प्रेम, सम्बन्ध, नोकरी, अध्यात्म, शान्ति र आनन्द सँगसँगै प्राप्त गर्न सक्नु नै समग्रतामा जीवनको अर्थ खुल्छ । हाम्रो समाज, राष्ट्र, अन्तर्राष्ट्रिय स्तरमा र स्वयं घरमा सोध्ने र उनीहरूलाई भित्रबाट बुझ्न कोसिस गर्ने हो भने सबैले जीवनलाई दुःख भनेर परिभाषा गर्ने र जीवनमा पाउनुपर्ने थुप्रै कुरा बाँकी रहेको, जीवन अझै संघर्षमै गुज्रिरहेको र अरूले जति आफूले अझै अर्थात् सुगन्ध जुन देखिँदैन । तर, अनुभूति सफलता हासिल नगरिसकेको गुनासो र आफ्नै जीवनप्रति गर्न सकिन्छ । हामी यति बहिर्मुखी हुनुमा आनन्द र केही प्राप्त गरेजस्तो अनुभव गर्छौं । आफूभित्र हेर्ने र आफ्नो किताब पढ्ने फुर्सद कहिल्यै भेट्दैनौं । त्यही अन्तर्मुखी हुने कला नजान्दा नै जीवनलाई आकांक्षाको विशेषण दिन पुगेका छौं । साथीभाइसँग सञ्चो–बिसञ्चो हालखबर सोध्दै जाँदा कुरा निस्कन्छन्– आजकल मैले जीवनमा कसरी आनन्द प्राप्त गर्ने भनेर फलानाको किताब पढ्दै छु । जीवनलाई कसरी तनावरहित बनाउने भनेर फलानाको किताब पढ्दैछु । सामान्य मानिस गुनासाहरुले भरिएको पाइन्छ । मानिस बहिर्मुखी मात्रै हुने, पाएको सफलता र सुन्दर जीवन, सुन्दर परिवार, आफू र आफ्नो परिवारलाई जाउलो खान पुग्ने नोकरी र कमाइ, मिहिनेत अनुसारको शिक्षा, पद, गाडी, बंगला आदि–आदि जति पनि भौतिक सफलता छन्, त्यसप्रति चित्त नबुझ्ने र जीवन नै अभाव र अपूर्णतामा बितिरहेको अनुभव सुनाउनेहरूको कमी हुँदैन । अन्तर्मुखी हुने कला आत्म रूपान्तरणको विज्ञान हो भने राजनीति अरूलाई बदल्ने दुष्प्रयासको एउटा नाम हो भन्दा अनुपयुक्त नहोला । अरूलाई बदल्ने कोशिसबाट नै अरूलाई होच्याउने, अरूमा दोष देख्ने, अरूमाथि विजय हासिल गर्ने खेलको शुरुवात हुन्छ । शोषण, दमन, कलह, वैमनश्य एवं अहंकारका सारा खेलहरू अरूलाई सुधार्ने प्रयासका नतिजा हुन् । यही भित्री बोधको, भित्री ज्ञानको, भित्रको दृष्टिको, सही दृष्टिको ज्ञान हुनु महत्वपूर्ण पक्ष रहेछ, जुन हरेक व्यक्तिले जन्मँदै साथमै लिएर आएको छ । शान्ति, प्रिति, भक्ति, मुक्ति, आनन्द, सुख र उमंग हामीभित्र छ । यिनीहरू सबैको अभाव नै दुःख, अशान्ति र सिकायत हो । त्यसैले बहिर्मुखी स्वभावको सामान्य मानिसले बाहिरी सम्पन्नता गुमाउन चाहँदैन भने अन्तर्मुखी, चेतना जागरण भएको मानिसले भित्रको सम्पन्नता गुमाउन चाहँदैन । आफूभित्र नियाल्नासाथ आफ्नो किताबका पाना पल्टाउनासाथ सही दृष्टि खुल्छ, जसले बाहिरको सृष्टि पनि सुन्दर देख्न थाल्छ ।