नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाको दाेश्राे अधिबेशन सम्पन्न
रासंसा/नुवाकोट, फाल्गुण ८,
मुलुकमा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाले नयाँ नेतृत्व चयन गर्दै आफ्नो दाेश्राे अधिबेशन सम्पन्न गरेकाे छ । समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे अधिवेशनकाे सभापतित्व जिल्ला अध्यक्ष प्रमिला लामाले गर्नुभएको थियोे । अधिवेशनबाट अध्यक्ष रामशरण गजुरेल(निशान),उपाध्यक्ष तारा कार्की अधिकारी,सचिव हेमनाथ खतिवडा,काेषाध्यक्ष सुमित्रा सापकोटा र सदस्यहरूमा क्रमशः सविना घिमिरे,प्रेमप्रसाद पौडेल,रामप्रसाद ढकाल,गोविन्द घिमिरे,उमेश डंगोल,बिराज तामाङ,हरि देवकोटा, भरत न्यौपाने र लालबहादुर आचार्य रहेका छन् ।
गत माघ १५ गते नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाद्वारा १९औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसकाे उपलक्ष्यमा आयाेजित अन्तर बिद्यालय निबन्ध प्रतियोगितामा बिजय हुनुभएका भाइबहिनीहरूलाई केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा सरू पुडासैनी-प्रथम,शैली खतिवडा-द्वितीय तथा शिवानी लामिछाने र एन्जल मगर-तृतीय हुनु भएकाहरूलाई नगद पुरस्कार सहित प्रशंसा-पत्र बितरण गर्नुभएको थियोे ।
साथै अजै प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा र कालिका बिद्यालय ५६ बाय्जका बिद्यार्थीहरूद्वारा संयुक्तरूपमा पाँचौ पटककाे रक्तदान कार्यक्रम पनि आयाेजना गरियो । जसमा महिला तथा पुरूष गरि जम्मा ८३ जनाले रक्तदान गर्नुभएको थियो । साे कार्यक्रमकाे उद्घाटन केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा कालिका गाउँ पालिका अध्यक्ष हरिकृष्ण देवकोटालाई रक्त संकलन थैली हस्तान्तरण गरेर गर्नुभएको थियो ।
त्यसैगरी नुवाकोटको बिदुरमा आजकै दिन नेपाल स्वयंसेवी रक्तदाता समाज नुवाकोट जिल्ला शाखा गठनार्थ एक अन्तरक्रियात्मक भेलाकाे आयाेजना पनि गरेको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यता र केन्द्रीय काेषाध्यक्ष प्रमिला लामाकाे विशेष आतिथ्यतामा सम्पन्न उक्त भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाजकाे ४२औं जिल्ला शाखा गठन गरिएको छ । साे भेलाले रबिन्द्रनाथ न्याैपाने अध्यक्ष,सम्झना प्याकुरेल उपाध्यक्ष,सुजन गजुरेल सचिव,अस्मिता खनाल काेषाध्यक्ष र सदस्यहरूमा क्रमशः शेषमान तामाङ,उपेन्द्र मिश्र,रमेश श्रेष्ठ,सुमन श्रेष्ठ,बद्रिनाथ फुयाल,सुरेन्द्र भट्ट,ज्ञानेन्द्र गिरी,बद्री प्याकुरेल र रमेश गिरीलाई चयन गरिएको छ ।