पुरातात्विक महत्त्वको घण्टी शैलुङ क्षेत्रबाट हरायो

Share to:

रासंसा/दोलखा, फाल्गुण ३,

मुलुकमा दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ शैलुङ क्षेत्रमा रहेको फलाम पोखरी मन्दिर परिसरबाट पुरातात्विक महत्वको घण्टी चोरी भएको छ । शैलुङ गाँउपालिका, वडा नम्बर– ८ लगायत आफुहरु समेतको सक्रियतामा शैलुङ क्षेत्रको समग्र विकास गर्दै धार्मिक एवम् प्राकृतिक पर्यटक भित्राउन अभियान सञ्चालन गरिरहेको बेला पुरातात्विक महत्वको घण्टा हराउनु दुःखद विषय हो समाजसेवी उप्रेतीले भन्नु भयो– ऐतिहासीक एवम् पुरातात्विक महत्वको घण्टीको खोजि गर्दै चोरीमा संलग्नलाई कार्वाही गर्न स्थानीय प्रशासनलाई आग्रह गर्दछु । मन्दिर परिसरबाट घण्टी चोरी भएपछि खोजिको लागि प्रहरीमा निवेदन दिईएको वडा नम्बर– ८ का वडा अध्यक्ष धनबहादुर तमाङले बताउनु भयो । प्राकृतिक एवम् धार्मिक महत्वको शैलुङ क्षेत्रमा रहेको फलाम पोखरी मन्दिरबाट लिच्छिविकालिन इतिहास भएको पाँच सय बर्ष भन्दा पुरानो घण्टी चोरी हुनु दुःखद भएको एसएस फाउण्डेशनका संरक्षक एवम् समाजसेवी शोभित उप्रेती बताउनु हुन्छ । जिल्ला प्रहरी कार्यालय दोलखाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक दाताराम अधिकारी घण्टी चोरी भएको जानकारी प्राप्त हुनासाथ तदारुकताका साथ खोजिकार्य सुरु गरिएको बताउनु हुन्छ । चोरी भएको जानकारी ढिला प्राप्त भयो प्रहरी निरीक्षक अधिकारीले भन्नु भयो– वडाबाट घण्टी हराएको जानकारी प्राप्त हुनासाथ खोजि सुरु गरेका छौँ । तीन हजार एक सय ४८ मिटरको उँचाईमा रहेको शैलुङको सयवटा थुम्कामा ऋषीहरुले तपस्या गरेको किंवदन्ती रहेको छ । यो क्षेत्रमा धार्मिक एवम् पुरातात्विक महत्वका धेरै स्थानहरु रहेको समाजसेवी शोभित उप्रेती बताउनु हुन्छ ।

Like