स्टाफ कलेजका लागि १३१ प्रहरी अधिकृत छनोट

Share to:

रासंसा/काठमाण्डौ, माघ ६,

मुलुकमा प्रहरीमा स्टाफ कलेजका लागी १ सय ३१ जना प्रहरी अधिकृतहरू छनोट भएका छन् । पुलिस लिडरसिप एन्ड स्टाफ कोर्समा सहभागी हुन् अन्तिम सूचीमा १३१ जना छनोट भएका हुन् । अन्तिम सूचीमा छनोट भएका अधिकृतहरूबाट प्रवेश परीक्षा सञ्चालन गरिने स्टाफ कलेजका निर्देशक (डीआईजी) डा. मनोज केसीले रातोपाटीलाई बताए । प्रवेश परीक्षा २०८१ फागुनको अन्तिममा सञ्चालन हुनेछ । प्रवेश परीक्षामा उत्तीर्ण हुने ३५ जना स्टाफ कलेजका लागी छनोट हुन्छन् । वैकल्पिक सूचीमा ५ जना रहन्छन् । डीआईजी केसी भन्छन्– ‘पहिलो ब्याचमा ३५ जना अधिकृतहरूलाई कोर्स गराउँछौँ ।’
पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स अन्तर्गत मास्टर इन पुलिस साइन्स (एमपिएस) र प्रोफेसनल लिडरसिप कोर्ससहित दुई वटा कोर्सको पाठ्यक्रम स्वीकृत भैसकेको छ । स्टाफ कलेज २०७० मा भर्ना भएका इन्स्पेक्टर र सोही समूहबाट डीएसपीमा बढुवा भएकाहरूबाट लागू गर्ने निर्णय गरिएको छ । उनीहरू १५८ औँ समूहका अधिकृत हुन् । १६ महिने स्टाफ कलेज महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन हुनेछ । १२ महिना आवासीय र ४ महिना थेसिस गर्नेगरी पाठ्यक्रम लागू गरिएको छ । प्रहरी अधिकृतहरूले सेना वा सशस्त्र प्रहरीमा स्टाफ कलेज गर्न चाहेमा प्रहरीको स्टाफ कलेजको प्रवेश परीक्षा अनिवार्य पास गर्नुपर्छ । डीआईजी केसी भन्छन्– ‘प्रवेश परीक्षा पास नगर्नेले अन्यत्र स्टाफ कलेज गरे पनि वृत्ति विकासमा अवसर पाउँदैनन् ।’ प्रहरीको स्टाफ कलेज गर्न सैनिक र सशस्त्रलाई पनि कोटा निर्धारण गरिएको छ । प्रहरी उपरीक्षक र वरिष्ठ उपरीक्षकमा बढुवा गर्दा पनि पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स गर्नेहरूलाई प्राथमिकता दिइने छ । वरिष्ठ उपरीक्षकमा बढुवा हुँदा कोर्स गरेकाहरूलाई २० प्रतिशत आरक्षण दिने निर्णय गरिएको छ । इन्स्पेक्टरमा सेवा प्रवेश गरे पनि स्टाफ कलेज गर्न नसक्नेहरू वरिष्ठ उपरीक्षक भन्दा माथिल्लो पदमा पदोन्नति हुन पाउँदैनन् । १५८ औँ समूहका इन्स्पेक्टर (२०७० मा भर्ना) र त्यसपछि भर्ना भएकाहरूले स्टाफ कलेज नगरे नेतृत्वमा पुग्न सक्दैनन् । उनीहरूलाई डीआईजी बढुवामा बन्देज गरिने छ । मन्त्रिपरिषद्बाट स्वीकृत नयाँ प्रहरी ऐनको विधेयकमा पनि स्टाफ कलेजको व्यवस्था प्रस्ताव गरिएको छ । डीआईजी केसी भन्छन्, ‘स्टाफ कलेज नगर्नेहरू डीआईजी बढुवाको लागि अयोग्य हुन्छन् ।’ सेना र सशस्त्र प्रहरी बलमा पहिलेदेखि नै स्टाफ कलेज लागू गरिएको छ । अहिले सशस्त्रमा ‘मास्टर इन सेक्युरिटी एन्ड पिस स्टडिज’ र आर्मीमा ‘मास्टर इन स्ट्राटेजिक स्टडिज’ अनिवार्य छ । सेनामा स्टाफ कलेज उत्तीर्ण नहुनेहरू प्रमुख सेनानी तहसम्म मात्र पुग्छन् । महासेनानी हुन अर्को छुट्टै कोर्स गर्नुपर्ने व्यवस्था छ । सशस्त्रमा स्टाफ कलेज पुरा नगर्नेहरू एसएसपीबाट माथिल्लो तहमा बढुवा हुन पाउँदैनन् । छनोट भएका इन्स्पेक्टरहरू : इन्द्रजित इटनी, प्रताप पौडेल, वीरदत्त पन्त, टेकेन्द्र शर्मा पौडेल, गङ्गाबहादुर सारू, टेकबहादुर जोरा, प्रवीण कार्की, रमेशदत्त अवस्थी, चन्द्रकुमार सिंह, राजु खत्री, हिमबहादुर खत्री, मधु नेपाल, मोहनजंग बुढाथापा, चक्रबहादुर डम्बरपाल, अनिलराज गिरी, जनक पुरी, लोकबहादुर जिसी, केदारमान दोङ, केशवराज ज्ञवाली, दीपक सुवेदी, पुष्कर बोगटी, चन्द्र भूषण यादव, वसन्त पाण्डे, प्रश्नराज चौधरी, शिला थापा, विक्रम लामा, होमप्रसाद चौधरी, पदमराज थापा, राजकुमार सिंह, गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने, देवेन्द्रकुमार मल्ल, दीपक पातली, शैलेश न्यौपाने । छनोट भएका डीएसपीहरु : रञ्जन अवा, कमल बेल्बासे, यमकुमार श्रेष्ठ, एलिजा गिरी, कमलराज पण्डित, रमेशकुमार श्रेष्ठ, सुधीर राई, अनमोल खड्का, निशान थापा, वेदबहादुर पौडेल, सूर्यबहादुर बोगटी, प्रकाश बुढाथोकी, सुवास भट्ट, चक्रबहादुर मल्ल, विकास बम, हरि प्रसाद पौडेल, दीपेश बस्याल, मुक्तिनाथ सापकोटा, मिङमा शेर्पा, ज्ञानबहादुर खड्का, विनोदकुमार सुनुवार, दयाकृष्ण भट्ट, कमल बजगाईं, रुपा थापा, टेकबहादुर रावत, वीरेन्द्रकुमार पासवान, विकास थापा, जीवन निरौला, निरञ्जन भट्टराई, दीपककुमार शाह, केशर न्यौपाने, अनिल ठकुरी, खगेन्द्र धमला, प्रकाश जवेगु, रिपेन्द्र कुमार, रामकुमार राई, लक्ष्मी खनाल, निर्मल पनेरु, ऋषिराम घर्तिमगर, दीपक मल्ल, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा,नवीन पौडेल, योगेन्द्र तिमिल्सिना, पुरुषोत्तम कार्की, हिरेन्द्रबहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भिषणबावु राई, रुकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलकुमार खड्का । त्यस्तै शैलेन्द्रकुमार भट्ट, सुरेश गौतम, भीमबहादुर खड्का, रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरुप्रसाद तिम्सिना, खुमानन्द पाण्डे, हरिबहादुर बिसी, गणेशचन्द्र कोइराला, सुरेन्द्रप्रसाद जोशी, पविन्द्र बम, गणेश सापकोटा, आशिष अधिकारी, शंकरप्रसाद आचार्य, वसन्त गौतम, राजन रायमाझी, पञ्चलाल गोले, योगराज खतिवडा, डम्बरबहादुर पुरी, सरोज राई, लोकेन्द्र सिंह गुरु, हिरा सिंह महरा, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्त बहादुर सुनार, नरेशराज मल्ल, गोविन्द रावत, हिमा थोकर, राजिव श्रेष्ठ, सुवास भट्टराई, देवेन्द्रबहादुर शाह, सुरज बहादुर खड्का, वकिलबहादुर सिंह, शङ्कर खड्का, भास्कर खतिवडा, कृष्णप्रसाद विष्ट, मदन थापा, हरिबहादुर बस्नेत र अनिल पण्डित छन् ।

Like