तिब्बत केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्चुडको भूकम्पले नेपालमा पनि धक्का, क्षतिको विवरण आउन बाँकी
रासंसा/काठमाण्डौ, पौष २३,
मुलुकमा आज विहान गएको भूकम्पको केन्द्रविन्दू नेपाल-तिब्बतको सीमा क्षेत्रमा रहेको पुष्टी भएको छ । नेपालको सीमा नजिकै तिब्बतको सिजाङ केन्द्रविन्दू भएर ७ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको अमेरिकन जिओलोजिकल सर्भे (यूएसजीएस) ले उल्लेख गरेको छ । हाम्रा स्थानीय सम्बाददाताहरुले विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको र मानिसहरु एका विहानै होहल्ला गर्दै घर बाहिर निस्किएको जानकारी दिएका छन । भूकम्पबाट भएको क्षतिका ’boutमा विवरण प्राप्त हुन बाँकी छ । विहान ६ बजेर ५० मिनेट १६ सेकेण्डमा गएको भूकम्पले काठमाडौँ उपत्यकासहित, नेपालको तराई एवं पूर्वी जिल्लामा ठुलै धक्का महसुस गरिएको थियो ।
Like