रवि लामिछानेको आजको बयान सकियो

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १४,

मुलुकमा सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौंमा आजको बयान सकिएको छ । दिउँसो साढे ३ बजेबाट आजका लागि बयान सकिएको हो । उनीमाथि आइतबार बयान लिइने छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कात्तिक २ गते कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् । लामिछाने कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा जोडिएका हुन् । उनलाई पोखराबाट बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।

Like