२०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ – महाससचिव विप्लव
टिकाराम सिङ/काठमान्डौ, मार्ग ०८,
मुलुकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी २०८४ मा हुने आम निर्वाचनमा सबै पार्टीसँग प्रतिस्पर्धा गर्न तयार भएको बताएका छन् । तर, नेकपालाई निर्वाचनमा सहभागी हुने वातावरण बनाइ दिनका लागि विगतमा सरकारसँग भएको तीन बुँदे कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीसँग उनले आग्रह गरे । कार्यक्रममा एक पटक एकीकृत जनक्रान्तिलाई ०८४ को निर्वाचनमा प्रयोग गर्न चाहेको उनले स्पष्ट पारे । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले भने– ‘मध्यम वर्गीयको चाहना नेकपाले आगामी निर्वाचनमा भाग लियोस् भन्ने छ । हामी चाहन्छौँ सरकारले विगतमा सम्झौता गरेको तीन बुँदे कार्यान्वयन गरोस् । झुटा मुद्दामा फसाइएको साथीहरूलाई रिहाइ गरोस् । हामीसँग भएको सहमति सरकारले कार्यान्वयन गरेमा ०८४ को निर्वाचनमा सबै दलसँग प्रतिस्पर्धा गर्न हामी तयार छौँ । हामी ६७४३ वडामा लड्ने छौँ । ७५३ पालिका र १६५ निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने छौँ ।’ नेकपाले काठमाडौंमा आयोजना गरेको ११ औ पार्टी पुनार्गठन दिबसको अवसरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गरेका हुन । जसको लागि सरकारले आफू हरुसंग गरेको ३ बुदे सहमती लागू गर्नुपर्ने र आफ्ना जेलमा रहेका नेता कार्यकर्ताहरुमाथी लगाइएका मुद्दा खारेज गरेर रिहा गर्नुपर्ने माग राखेका छन । सो क्रममा बोल्दै महासचिव बिप्लबले अहिले नेपालमा भ्रष्टाचार कोरोना भाईरस जसरी फैलिएको दाबी गरेका छ्न । अहिले स्थानिय तह देखि सम्पुर्ण ठाउमा भ्रष्टाचार मौलाएको र यी पुराना पार्टीहरु एकले अर्कोलाई भ्रष्टाचारको दोष लगाए पनि सबै पार्टी उस्तै रहेको र भ्रष्टाचारमा डुबेको दाबी गरेका छन। त्यस्तै अहिलेको सरकार रातारात ढल्न सक्ने पनि दाबी गरेका छन । प्रचण्ड सरकारमा हुदा पनि सरकार ढल्दैन भन्दै भाषण गर्दै हिड्थे तर, सरकार रातारात ढल्यो त्यस्तै आहिले ओलि जि पनि सरकार ढल्दैन भन्दै भाषण गर्दै हिड्छन तर, सरकार कतिखेर ढल्छ केही निश्चित छैन भन्दै ओलि सरकार पनि ढल्न सक्ने दाबी गरेका छन । सम्बोधनको क्रममा अहिले देशमा निराशा छाएको र सरकार नै युवा बिदेश पलाएन गर्न तल्लिन रहेको समेत बताएका छन । अहिले मुख्य कुरा युवा बिदेश पलाएन रोक्नुपर्ने र अहिलेको पुस्ताले देश बचाउन र देश निर्माण गर्न त्याग र बलिदान गर्नुपर्ने तर्क गरेका छन । आफ्नो पार्टीभित्र निराशा नरहेको उल्लेख गर्दै अब सम्पुर्ण जनता बिदेश नगएर बरु भोकै बस्न तयार भएर पनि देश निर्माणमा लाग्नुपर्ने धारणा राखेका छन। त्यस्तै अमेरिकी सेना नेपाल छिराउन एसपिपी लागू गर्ने षड्यन्त्र भैरहेको दाबी गरेका छन भने चिनियाँ बिआर आई सम्झौता गर्दा कुनै नराम्रो नहुने भन्दै बि आर आई परियोजना सम्झौता गर्नुपर्ने समेत दाबी गरेका छन।