नेपाल स्वयंसेवी रक्तदाता समाजकाे केन्द्रीय कार्यसमितिको पाँचौ बैठक डाेटीमा सम्पन्न

Share to:

रासंसा/डोटी, ज्येष्ठ ६,

मुलुकमा नेपाल स्वयंसेवी रक्तदाता समाजकाे केन्द्रीय कार्यसमितिको पाँचौ बैठक डाेटी जिल्लाको प्राकृतिक सुन्दरताले भरिएको देशको ऐतिहासिक धराेहर खप्तडमा रक्तदान कार्यक्रमका साथ सम्पन्न गरियाे ।
केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानकाे निमित्त संकलन थैली हस्तान्तरण गर्दै शुरू गरिएको साे कार्यक्रमले ३३०० मिटर भन्दा माथि सहजै रक्तदान गर्न सकिन्छ भन्ने संदेश खप्तडबाट प्रवाह गरिएको छ ।

स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदान शुभारम्भ गर्नकाे लागि समाजका केन्द्रीय सदस्य गाेबिन्द वाग्लेलाई रक्त संकलन थैली प्रदान गर्नु भएको साे कार्यक्रममा समाजका केन्द्रीय सदस्य बिमल भित्राकाेटी,प्रेमप्रसाद लम्साल र शिखर नगरपालिकाकाे पूर्व प्रमुख सीताराम जाेशी समेतले रक्तदान गर्नुभएको थियोे । कार्यक्रममा समाजका केन्द्रीय सदस्यहरु प्रवास कुमार शाक्य, रामबहादुर खड्का सुशिल घर्ती समाजका डोटी जिल्लाका कोषाध्यक्ष उत्तम खड्का, सदस्य रामचन्द्र भट्ट, समरजीत गुल्मका क्याप्टेन भरत राना मगर, खप्तड राष्ट्रिय निकुन्ज प्रमुख सरोजमणी पौडेलको सहभागिता रहेको थियो ।
कार्यक्रममा समरजीत गुल्मको मेडिकल टिमले प्रविधिक सहयोग गरेको थियो ।

Like