बिश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपालकाे गण्डकी प्रदेश अधिवेशन सुरु
कुमार ओझा/लम्जुङ, बैशाख १४,
मुलुकमा बिश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपालकाे दाेश्राे गण्डकी प्रदेश अधिवेशन आज लमजुङको सदरमुकाम बेंसिशहरमा शुरु भएको छ । अधिवेशनलाई बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले उद्घाटन गर्नुहुने तथा केन्द्रीय समितिका पदाधिकारीहरुले सभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेकाे आयाेजकले जनाएको छ ।
बैशाख १४ र १५ गते दुईदिनसम्म चल्ने अधिवेशनले प्रदेश समितिको निर्वाचन समेत गर्ने छ । बिश्व हिन्दु महासंघ लमजुङ शाखाकाे आतिथ्यतामा सम्पन्न हुने अधिवेशनमा गण्डकी प्रदेशका एघार जिल्लाबाट करिब ३ सय प्रतिनिधि पर्यवेक्षकहरुकाे सहभागिता रहने र प्रतिनिधिहरु अधिवेशन स्थलमा अउनेक्रम जारि रहेकाे अधिवेशन आयाेजक समितिको सचिवालयले जनाएकाे छ । अधिबेशनले ५१ सदस्यीय प्रदेश समितिकाे निर्वाचित गर्नेछ । निर्वाचनमार्फत निर्वाचित प्रदेश समितिले हिन्दुराज्य स्थापनाका लागि संकल्प प्रस्ताव पारित गर्दै अधिवेशन सम्पन्न हुने जनाईएकाे छ ।
अधिबेशन सफलपार्न केन्द्रीय पदाधिकारीहरु बरिस्ठ उपाध्यक्ष प्रविण धिमिरे, उपाध्यक्ष गणेश नेउपाने, उपाध्यक्ष बिष्णु प्रसाद पाैडेल, महासचिव रामचन्द्र तिवारी, सचिव अर्जुनकुमार पाैडेल, राष्ट्रिय धर्म जागरण अभियानका संयाेजक एवं पूर्व सांसद शंकरप्रसाद पाण्डे, महासंघका केन्द्रीय सदस्य कुमारप्रसाद ओझा लगायत तीन दर्जनबढी पदाधिकारीहरु लमजुङ सदरमुकाम पुगिसकेकाे आयाेजक समितिले जानकारी गराएकाे छ ।