पीडितको उठीवास हुनेगरि बैंकमा धितो राख्ने भन्दै झुक्याएर ६२ जनाको घरजग्गा ठगी

Share to:

रासंसा/सिरहा, फाल्गुण २७,

मुलुकमा सिराहाको धनगढीमाई नगरपालिकाका रामएकवाल महतो, बेचन सिंहलगायतको समूहले झुक्याएर जग्गा हत्याएर उठीवास गराएको भन्दै ६२ जनाले नगरपालिकामा उजुरी दिएका छन् भने फर्जी कम्पनीलाई बैंक भन्दै झुक्याएर धनगढीमाई नगरक्षेत्रमा विभिन्न व्यक्तिको घरजग्गा ठगी गरेको पाइएको छ ।धनगढीमाई नगरपालिका– ५ का ४२ वर्षीय रामएकवाल महतो, ५१ वर्षीय बेचन सिंह, धनुषा देवपुरा रुपैठाका सत्यनारायण साहसहित चारजनाको समूहले आफूहरूले सञ्चालन गर्न लागेको राजमनी इन्भेस्टमेन्ट कम्पनी बैंक दर्ता प्रक्रियामा रहेको भन्दै ६२ जनाको घरजग्गा ठगी गरेको उजुरी नगरपालिकामा परेको छ । आफूले पास गरेर दिएको जग्गा तेस्रो व्यक्तिको हातसम्म पुगेपछि पीडितहरूको उठीवास भएको छ । पीडितमध्येका श्यामु साह र उनकी श्रीमती सञ्जितादेवीले घरायसी कामका लागि जग्गा बैंकमा धितो राखेर ऋण निकाल्न खोजिरहेको थाहा पाएका महतोले उनका दाजु पर्ने ५१ वर्षीय बेचन सिंहलाई समेत परिचालन गरी साहको जग्गा झुक्याएर आफ्नी आमाको नाममा ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महतो र सिंहले ‘बैंकबाट कर्जा लिँदा झन्झट व्यहोर्नुपर्छ, जिरोमाइलमा आफूहरूको राजमनी इन्भेस्टमेन्ट प्रालि नामक बैंक रहेको, तर दर्ता प्रक्रियामा रहेकाले जग्गा प्रालिको नाममा राख्न मिल्दैन भन्दै आमा सरस्वतीदेवी कोइरीको नाममा २५ जेठ ०७४ मा लहान मालपोतबाट राजीनामा पास गराएका थिए । धनगढीमाई नगरपालिका– १३ ढुंगाना टोलका श्यामु साह र उनकी श्रीमती ३९ वर्षीया सञ्जितादेवीको उजुरीका आधारमा प्रहरीले रामएकवाल महतोलाई पक्राउ गरेको छ । प्रहरीमा उजुरी परेको सात वर्षपछि १७ फागुनमा महतो अनुचित लेनदेन ठगी कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार महतोविरुद्ध सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद लिइएको छ । कैयौँपटक त किनेको जग्गा कसरी फर्ता हुन्छ भन्दै धम्क्याए । प्रहरीबाट पनि पटक–पटक छलफलका लागि पत्राचार गर्दा अनुपस्थित रहेपछि ठगीको जाहेरी दिएँ । त्यसपछि धनगढीमाई नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेका साहदम्पतीले पटक–पटक छलफलका लागि बोलाउँदासमेत अनुपस्थित भएपछि जिल्ला प्रहरी कार्यालय सिराहाको अनुचित लेनदेन अनुसन्धान शाखामा अर्को उजुरी गरेका थिए । ‘प्रहरीबाट पनि पटक–पटक छलफलका लागि पत्राचार गर्दा अनुपस्थित भएपछि ठगीको जाहेरी दिएँं,’ उनले भने । प्रहरीले त्यही जाहेरीका आधारमा जिरोमाइलमा कपडा पसल चलाउँदै आएका महतोलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । ‘बैंक दर्ता भएपछि जग्गा फिर्ता गरिदिन्छु, कर्जाको मासिक किस्ता बुझाउँदै जानू’ भन्दै महतोले ११ कट्ठा दुई धुर जग्गा आफ्नी आमाको नाममा पास गराएको पीडित साहदम्पतीले गुनासो गरे । जग्गा पास भएपछि सञ्जितादेवीको नाममा एक लाख र श्यामुको नाममा महतो र सिंहले तीन लाख गरी चार लाख रुपैयाँ ऋण दिएका थिए । साहदम्पतीले आठपटकमा चार लाख रुपैयाँ साँवा र त्यसको ब्याज चुक्ता गरेपछि आफ्नो जग्गा फिर्ता गर्न आग्रह गर्दा महतो र सिंहले आलटाल गर्दै आएका थिए । ‘कैयौँपटक त किनेको जग्गा कसरी फर्ता हुन्छ भन्दै धम्क्याए,’ श्यामु साहले भने । सप्तरीको सुरुंगा नगरपालिका– १ हनुमाननगरकी ५२ वर्षीया जगदम्बादेवी चौधरी ट्र्याक्टर दुर्घटनामा परिन् । दुर्घटनामा दाहिने खुट्टा तीन ठाउँमा भाँचिएपछि उपचारका लागि पिप्रा पश्चिम ५ कि.नं. ३५८ को दुई कट्ठा जग्गा रामएकवालका दाजु बेचन सिंह, उनकी आमा सरस्वतीदेवीको नाममा कि.नं. ४३४ को ११ धुर, ४४० को एक कट्ठा दुई धुर जग्गा दिएर ०७१ र ०७३ सालमा गरी आठ लाख रुपैयाँ ऋण लिएको चौधरीले बताइन् । ‘त्यसको साँवा–ब्याज चुक्ता गरेपछि जग्गा फिर्ता गर्नु भनेको थियो,’ उनले भनिन्, ‘६ लाख रुपैयाँ बुझाएँ पनि, जग्गा फिर्ता गरिदेऊ त्यही बेचेर तिर्छु भन्दा मैले किनेको भन्न थाल्यो ।’ धनगढीमाई– १० जिरोमाइलमा फर्जी राजमनी इन्भेस्टमेन्टको सेयर सदस्य बन्न जग्गा मालपोतमा रोक्का गरेको भन्दै झुक्याएर ६२ जनाको जग्गा बिक्री गरी उठीवास गराएको भन्दै निवेदन परेको धनगढीमाई नगरपालिकाको न्यायिक समितिले जनाएको छ । न्यायिक समितिका कर्मचारी सञ्जय चौधरीका अनुसार धनगढीमाई– ५ का महतो दाजुभाइसहित चारजनाले फर्जी इन्भेस्टमेन्ट खडा गरी ६२ जनाको जग्गा बिक्री गरेको भन्दै जग्गा फिर्ताको मागसहित पीडितहरूले निवेदन दिएका छन् ।

Like