थप २ हजार ६७४ सहिद सरकारले घोषणा गर्यो राजपत्रमा नाम प्रकाशित
रासंसा/काठमाण्डौ, फाल्गुण २५,
मुलुकमा सरकारले थप दुई हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ। सरकारले गरेको घोषणाको निर्णय अनुसार थप सहिदहरुको सूची राजपत्रमा प्रकाशित भएको छ। ‘नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने देहायका २,६७४ जना व्यक्तिहरूलाई सम्मानस्वरुप नेपाल सरकारले मिति २०८०/९ /२४ मा सहिद घोषणा गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ’, राजपत्रमा उल्लेख छ। गत पुस २४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम सहिदहरूको विवरण राजपत्रमा प्रकाशन गरिएको हो।
Like