छोटो दुरीको सडक हेटौँडा-फाखेल-काठमाण्डौ निर्माण धमाधम

Share to:

रासंसा/मकवानपुर, माघ १७,

मुलुकमा हेटौँडालाई सङ्घीय राजधानीसँग जोड्ने छोटो दुरीको सडक मार्ग स्तरोन्नति तथा निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानीसँग जोड्ने छोटो दुरीको सडक स्तरोन्नति सहित विस्तार कार्यले गति लिएको हो । हेटौँडा भैँसे भीमफेदीबाट कुलेखानी फाखेल हुँदै हुमाने फर्पिङसम्मको सडक निर्माणका लागि प्रदेश सरकारले करिब एक अर्ब रुपैयाँ बढी रकम खर्च गर्ने तयारी गरेको छ । सोही अनुसार प्रदेश सरकार मातहतका यातायात पूर्वाधार विकास कार्यालय र पूर्वाधार विकास कार्यालायहरुबाट ठेक्का सम्झौता गरी निर्माण कम्पनीहरूले काम गरिरहेका छन् । बागमती प्रदेश सरकारको लगानीमा उक्त सडक स्तरोन्नति सहित विस्तार कार्य भइरहेको छ । सडक निर्माणको कामलाई गति दिन सम्बन्धित स्थानीय तहले पनि तदारुकता देखाएका छन् । निरन्तर खबरदारी र निगरानीका बिच सडक स्तरोन्नति कार्य भइरहेको छ । सडक निर्माणको कामलाई छिटो सक्न स्थानीय तहले आफ्नो क्षेत्राधिकार भित्र रहेर यातायातका साधनहरू सञ्चालनमा रोक लगाएर निर्माण कार्यलाई गति प्रदान गरिरहेका छन् भने स्थानीय तहका जनप्रतिनिधिहरू निर्माण कार्यको निरन्तर अनुगमन गरिरहेका छन् । ३३.५ किलोमिटर लम्बाइको उक्त सडक निर्माणका लागि सो कार्यलयहरुबाट ठेक्का सम्झौता भई धमाधम काम भइरहेको यातायात पूर्वाधार विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी हरि ओझाले जानकारी दिए । हेटौँडाबाट भैँसे ११ किलोमिटर र फर्पिङबाट बल्खुसम्मको सडक कालोपत्रे रहेकाले सो बाहेकका क्षेत्रको निर्माण कार्य भइरहेको उनले बताए । सो सडक निर्माणका लागि प्रदेश सरकार मातहका कार्यालयहरूबाट १ अर्ब १४ करोड २४ लाख रुपैयाँ बजेट खर्च गर्ने गरी काम भएको उनले बताए । प्रदेश सरकारले उक्त सडक निर्माणका लागि ५ वटा प्याकेजमा ठेक्का सम्झौता गरेको छ । प्रदेश सरकार मातहतको यातायात पूर्वाधार निर्देशनालयबाट कार्यान्वयन हुने गरी भैँसे भीमफेदी सडक खण्डको निर्माणका लागि ठेक्का सम्झौता गरेर काम भइहरेको छ । ११.५ किलोमिटर लम्बाइको उक्त सडक खण्डको विस्तार तथा स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना अनुसार निर्देशनालयले ३८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यता सो सडकको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने कुलेखानी–फाखेल खण्डको ठेक्का भने केही समय अघि मात्र भएको उनले बताए । ढिलो ठेक्का लागेको उक्त खण्डको निर्माण कार्य भने तीव्र गतिमा भइरहेको उनले बताए । १६ किलोमिटर लम्बाइको उक्त खण्डमा हाल सडक विस्तारको काम भइरहेको छ । साँघुरो सडकलाई फराकिलो पार्ने र भिरतर्फ पर्खाल लगाउने कार्य भइरहेको उनको भनाई छ । पूर्वाधार विकास कार्यालय चितवनबाट कार्यान्वयन भइरहेको छ । २०८२ बैशाख १६ मा निर्माण सम्पन्न गर्नुपर्ने उक्त सडक खण्डको निर्माणका लागि ३५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । सुरुवाती चरणमा मुआब्जा विवादका कारण निर्माण कार्यमा केही बाधा देखिए पनि हाल सो समस्या समाधान भइसेका छन् । सो खण्डको अधिकांश स्थानमा विवाद समाधान भई सेकको र निर्माण कार्य तीव्र गतिमा भइरहेको सूचना अधिकारी ओझाले बताए । उनका अनुसार आगामी फागुन भित्रमा सम्पूर्ण भाग कालोपत्रे गर्ने लक्ष्य अनुसार काम भइहरेको छ । आगामी चैत २३ गतेसम्मको म्याद रहेको उक्त खण्डको ठेक्का सम्झौता समेत संशोधन गरी बजेट समेत बढाइएको उनले बताए । सो खण्डमा केही थप संरचनाहरू निर्माण गर्नुपर्ने भएकाले सम्झौता रकमलाई २४ करोड ६५ लाख रुपैयाँ रहने गरी संशोधन गरिएको उनको भनाई छ । सो सडक खण्डको ४ किलोमिटर क्षेत्रमा कालो पत्रे गरिएको छ भने ८५ प्रतिशत भौतिक प्रगति रहेको छ । केही स्थानमा सडक विस्तारको काम भइरहेको र अधिकांस खण्डमा कालोपत्रे गर्ने काम चलिरहेको सुभना अधिकारी ओझाले बताए । सुरुवाती चरणमा मुआब्जा विवादका कारण निर्माण कार्यमा केही बाधा देखिए पनि हाल सो समस्या समाधान भइसेका छन् । सो खण्डको अधिकांश स्थानमा विवाद समाधान भई सेकको र निर्माण कार्य तीव्र गतिमा भइरहेको सूचना अधिकारी ओझाले बताए । उनका अनुसार आगामी फागुन भित्रमा सम्पूर्ण भाग कालोपत्रे गर्ने लक्ष्य अनुसार काम भइहरेको छ । आगामी चैत २३ गतेसम्मको म्याद रहेको उक्त खण्डको ठेक्का सम्झौता समेत संशोधन गरी बजेट समेत बढाइएको उनले बताए । सो खण्डमा केही थप संरचनाहरू निर्माण गर्नुपर्ने भएकाले सम्झौता रकमलाई २४ करोड ६५ लाख रुपैयाँ रहने गरी संशोधन गरिएको उनको भनाई छ । सो सडक खण्डको ४ किलोमिटर क्षेत्रमा कालो पत्रे गरिएको छ भने ८५ प्रतिशत भौतिक प्रगति रहेको छ । केही स्थानमा सडक विस्तारको काम भइरहेको र अधिकांस खण्डमा कालोपत्रे गर्ने काम चलिरहेको सुभना अधिकारी ओझाले बताए । सो सडक अन्तर्गतको काडमाडौं तर्फको खण्डमा भने ३ वटा ठेक्का सम्झौता गरी काम भइरहेको छ । काठमाडौँको दक्षिणकाली नगरपालिका अन्तर्गत पर्ने ललितपुर मार्फत ठेक्का सम्झौता गरिएको हो । सो कार्यालय मार्फत ३ वटा प्याकेजमा ठेक्का सम्झौता गरी निर्माणको कामलाई गति प्रदान गरिएको सुचना अधिकारी ओझाको भनाई छ । सो खण्डको हुमानेदेखि मगर गाउँसम्मको प्याकेजको काम अन्तिम चरणमा रहेको उनले बताए । ४ किलोमिटर लम्बाइको उक्त खण्डको केही भागमा मात्र कालोपत्रे गर्ने काम बाँकी रहेको र यसै साता सो खण्डको काम सम्पन्न हुने उनको भनाई छ । सो खण्डको सडक विस्तार तथा स्तरोन्नतिका लागि उक्त कार्यालयबाट १४ करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको उनले बताए । सो खण्डको तेस्रो प्याकेजका रूपमा टुल्के मोड देखि फर्पिङसम्मको सडक निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । सो खण्डको आगामी साउन १ गते सम्ममा काम सक्ने गरी सम्झौता भएको र हाल सडक विस्तार कार्य चलिरहेको सूचना अधिकारी ओझाले बताए । केही स्टक्चर निर्माणको काम भइरहेको र छिट्टै नै सो खण्डमा पनि कालोपत्रे गर्ने काम सुरु हुने उनको भनाई छ । ४.२ किलोमिटर लम्बाइको सो खण्डको सडक निर्माणका लागि कार्यालयले ९ करोड ५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको उनले बताए । आगामी वर्ष भित्रका सो सडक अन्तर्गतका सबै ठेक्काको सम्झौता अनुरूप काम सक्ने गरी अघि बढिरहेको उनले बताए । त्यसैगरी मगर गाउँदेखि टुल्के मोडसम्मको ४ किलोमिटर सडक निर्माणका लागि अर्को प्याकेजमा ठेक्का सम्झौता गरी काम भइरहेको छ । हाल सो खण्डमा कालोपत्रे गर्ने तयारी भइहरेको छ भने सो खण्डको निर्माणका लागि कार्यालयले १२ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

Like