अब प्रतिस्पर्धी एप स्टोर पनि आइफोनमा
एजेन्सी,
अब प्रतिस्पर्धी एप स्टोर पनि आइफोनमा हुने भएको छ, अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलको बहुचर्चित प्रडक्ट आइफोनको सफलतामा यसको एप स्टोरको मुख्य हात रहेको धेरै जसो मानिसहरुरू सोच्ने गर्छन् । एप स्टोर नभएको भए आइफोन पनि स्मार्ट बन्न खोजिरहेका अरु कुनै दिक्क लाग्दो फोन जस्तै हुन्थ्यो होला । तर कम्पनीको एप स्टोरमार्फत एपहरूमा सहज पहुँचले गर्दा सबै कुरा सजिलो भयो । गएको बिहीबार अपडेट भएको आईओएस १७.४ ले यसलाई सम्भव बनाउनेछ । एप्पलले यो भर्जनलाई मार्चमा फोनमा पठाउनेछ । यो परिवर्तन सन् २००८ मा एप्पलले पहिलो पटक एप स्टोरमा अपडेट गरेयताको सबैभन्दा ठूलो अपडेट हो । अहिलेसम्म पनि एप डाउनलोड गर्न प्रयोगकर्ताहरूले एप्पलको प्रोपराइटरी स्टोरकै भर छ । तर युरोपमा स्थिति फेरिँदैछ । यूरोपेली संघ (ईयू)मा आईओएस युजरहरूले तेस्रो पक्षीय एप स्टोर डाउनलोड गर्न सक्ने भएका छन् । युजरहरूले फोनमा आईओएस १७.४ अपडेट गरेपछि एप्पलले सम्झौता गरेको र अनुमति दिएको वैकल्पिक एप स्टोर डाउनलोड गर्न पाउनेछन् । फोनमा थर्ड पार्टी एपलाई डिफल्ट एप स्टोरको रुपमा राख्न पनि एप्पलले दिनेछ । युजरले आफ्नो डिफल्ट पेमेन्ट सर्भिस पनि रोज्न पाउनेछन् । एप्पलले यस्तो गर्नुको कारण ईयूले सन् २०२२ मा ल्याएको डिजिटल बजार ऐन हो ।