राष्ट्रिय सभामा एकीकृत समाजवादीबाट रिजाल र मल्ल उम्मेदवार
रासंसा/काठमाण्डौ, पौष २३,
मुलुकमा सत्तारुढ दल एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनका लागि दुई उम्मेदवारको टुंगो लगाएको छ । सोमबार बिहान बसेको कार्यदलको बैठकले बागमतीबाट दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। आइतबार बसेको सचिवालय बैठकले उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको थियो। सत्तारुढ गठबन्धनबीच एकीकृत समाजवादीलाई दुई सिट दिने सहमति भएको थियो । सोहीअनुसार उम्मेदवार टुंगो लगाइएको पाण्डेले जानकारी दिए ।
Like