नेपाल संवत ११४४ को अवसरमा भिन्तुना र्‍याली

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २८,

मुलुकमा नेवार समूदायले नयॅा वर्ष (नेपाल संवत ११४४)लाई भिन्तुना र्‍यालीसहित स्वागत गरेका छन् । आज नेवार समुदायका मानिसले नेपाल संवत ११४४(नयाँ वर्ष)देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन्। काठमाडौंमा मंगलबार भएको भिन्तुना र्‍यालीमा संस्कृति झल्कने पोशाक लगाइ, बाँसुरी, धिमे बाजा र अन्य बाजागाजासहित नेवार समूदायका मानिस सहभागी भएका हुन् ।

​​​​​​भिन्तुना र्‍याली शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा सूरू गरेका हुन् । नेपाल संवतको सुरु वा नयॅा वर्षलाई काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष कार्यक्रम गरी मनाउने गरिन्छ।

Like