हातको सीप फेन्सी मोहले संकटमा

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २८,

मुलुकमा बिहान उठेपछि प्राय: हातमा क्रुस खेलाउँछिन्, रेसुंगा नगरपालिका-२ क्याम्पसरोडकी तारा पन्थी । ०५६ सालदेखि ‘तारा बुनाई प्रशिक्षण केन्द्र’ सञ्चालन गरेकी पन्थीले हस्तकलाका सामग्री लिएर १२ दिन महोत्सवमा पुगिन् । उनले दैनिक ग्राहक कुरिरहेकी थिइन् । गुल्मी उद्योग संघले १५ कात्तिकदेखि २७ गतेसम्म प्रथम ऐतिहासिक गुल्मी महोत्सवको आयोजना गरेको थियो । हातले मिहिनेत गरेर बुन्ने भएकाले पन्जु, चँदुवा, गलबन्दी, सुइटर, टोपी र माेजा सबैको मूल्य धेरै पर्छ । ‘नजिकैको फेन्सी स्टलमा दुई हजारका दुईवटा ज्याकेट पाइन्छ । मैले दुई हजारको हातले बुनेको सुइटर घटाएर १७ सयमा दिँदा पनि ग्राहकले लगेनन्,’ उनले भनिन्, ‘फेन्सी मोहले हातको सीप विस्थापित हुने भयो ।’ ‘नजिकैबाट हातभरि समान बोकेर बाहिरिनेहरूलाई ताराले स्टलका सामग्रीहरू देखाउँथिन् । ग्राहकले सामग्री हेर्थे पनि । तर, पैसा सुनेपछि जिब्रो टोकेर फर्किन्थे,’ उनले भनिन्, ‘जसका कारण साेचेअनुसारको व्यापार भएन ।’ उनको स्टलमा झुन्डिएको सुइटरकाे मूल्य दुई हजार थियो । हातले बुनेका सामग्री बलिया हुन्छन् । यी सामग्री खोज्दै आउनेबाहेकले स्टलमा फर्किएर पनि नहेरेको पन्थीले गुनासो गरिन् । महोत्सवको स्टल नि:शुल्क पाइएकाले व्यापार नभए पनि घाटा व्यहोर्नुनपरेको उनले बताइन् । उनले ०४७ सालमा श्रीमान् बितेपछि बुनाईलाई नै अर्थोपार्जनको प्रमुख आधार बनाएर जीविकोपार्जन गरिरहेकी छिन् । उषाले उद्योगबाट सल, साडी, खादा, ब्याग र टोपीहरू निर्माण गर्छिन् । स्टलमा दुई सय ५० देखि ५५ सयसम्मका सामग्री थिए । तर, न्यूनतम मूल्यमा सोही प्रकृतिका आकर्षक फेन्सी सामग्रीहरू नजिकै पाइने भएकाले चेपुवामा ढाकाका सामग्री परे । ‘पहिलेका महोत्सवमा ३० हजारसम्मको व्यापार गर्थें । अहिले १२ दिनमा एउटा सल र केही ब्यागहरू बेचेँ,’ उनले भनिन्, ‘फेन्सी बजारसँगै हामी दौड्न नसक्ने भयौँ ।’ पछिल्लो पुस्तालाई ढाका र त्यसको महत्त्व नै थाहा नभएकाले पुराना केही मान्छेले मात्रै सामग्री खरिद गरेकाे श्रीसले बताइन् । उषाले उद्योगबाट सल, साडी, खादा, ब्याग र टोपीहरू निर्माण गर्छिन् । स्टलमा दुई सय ५० देखि ५५ सयसम्मका सामग्री थिए । तर, न्यूनतम मूल्यमा सोही प्रकृतिका आकर्षक फेन्सी सामग्रीहरू नजिकै पाइने भएकाले चेपुवामा ढाकाका सामग्री परे । ‘पहिलेका महोत्सवमा ३० हजारसम्मको व्यापार गर्थें । अहिले १२ दिनमा एउटा सल र केही ब्यागहरू बेचेँ,’ उनले भनिन्, ‘फेन्सी बजारसँगै हामी दौड्न नसक्ने भयौँ ।’ पछिल्लो पुस्तालाई ढाका र त्यसको महत्त्व नै थाहा नभएकाले पुराना केही मान्छेले मात्रै सामग्री खरिद गरेकाे श्रीसले बताइन् । उषा ढाका उद्योगकी उषा श्रीसले पनि महोत्सवमा सोचेअनुसारको व्यापार गर्न सकिनन् । उनको आफ्नै उद्योग छ । उनले ०७६ सालबाट व्यावसायिक रूपमा ढाका उद्योग सञ्चालन गरेकी छिन् । स्टल नि:शुल्क भएकाले केही आशा बोकेर १२ दिन महोत्सवमा बसिन् । उनको पनि पीडा ताराकै जस्तै थियो । सोचेअनुसारको व्यापार नभए पनि सन्तुष्ट थिए फेन्सी व्यावसायी । रुपन्देहीबाट आएका अर्मान जाबेदले विगतका महोत्सवमा साढे तीनदेखि चार लाखको व्यापार गर्थे । अहिले सिमलटारीमा पनि राम्रो व्यापार गरे । उनले लामो समयदेखि ‘अर्मान जाबेद कलेक्सन’ मार्फत जाडोका सुइटर, हाइनेक, टाउजरलगायतका सामग्री बिक्री गर्छन् । पोखराबाट गुल्मी पहिलोपटक आएका थिए, एम. डी. शाह आलम । उनले जाडोका फाइबर ज्याकेटको खुबै व्यापार गरे । गुल्मी चिसो ठाउँ र समय पनि मिलेकाले राम्रो व्यापार गरेकोमा आलमले खुसी व्यक्त गरे । उनले गुल्मीमा व्यापारीले अन्तिममा सित्तैमा छोडेर जान्छन् भनेर कुरेर बस्ने बानीका कारण सुरुमा राम्रो व्यापार नभएको बताए । उपल्लो तम्घासमा पनि दुई दिनमा मात्रै डेढ लाखको व्यापार गरेको जाबेदले प्रतिक्रिया दिए । उनले सुरुका दिनमा निकै कम मान्छेहरू आएकाले धेरै फाइदा नभए पनि आफूहरू सन्तुष्ट रहेको बताए । मेला व्यावस्थापन राम्रो भए पनि ठाउँका कारण मान्छे कम आएको जाबेदकाे भनाइ छ । अहिले युवादेखि पाको पुस्तासमेत फेन्सी र सस्तो बजारमा भुलेको छ । छिटो–छिटो फेसन परिवर्तन हुने र मौसमअनुसारका सामग्री सस्तोमा आउने भएकाले सबैको ध्यान फेन्सी बजारमा रहेको मालिका गाउँपालिका–४ का ६१ वर्षीय गीर बहादुर थापाले बताए । गुल्मी उद्योग संघले आयोजना गरेको प्रथम ऐतिहासिक गुल्मी महोत्सवमा करिब तीन सय किसिमका व्यापारिक स्टलहरू राखिएको थियो । महोत्सवमा गुल्मीका घरेलु उत्पादनका सामग्रीको प्रदर्शन, माटाका सामग्री, कफी, काठको ठेकी निर्माण, किबीलगायत विभिन्न कृषि उत्पादन र घरेलु उत्पादनको सामग्रीहरूको लागि नि:शुल्क स्टलको व्यावस्थापन गरिएको गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए। २५ सयका दुईवटा फाइबर सिरक किनेका थापाले हातले बनाएका कपासको सिरकजस्तो नभए पनि सस्तो र चार/पाँच वर्षलाई पुग्ने भएकाले खरिद गरेको बताए । ‘पहिले किन्ने पैसा नै हुन्थेन । रोजेर किन्ने सामग्री पनि हुन्थेनन्,’ उनले भने, ‘अहिले पैसा र विकल्पहरू थुप्रै छन् ।’

Like