तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ सम्झौता कार्यान्वयनलाई सहज बनाउन आज नेपाल आउँदै

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २२,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका तिब्बतसँग जोडिएका सम्झौता कार्यान्वयनलाई सहज बनाउने प्रमुख उद्देश्यका साथ चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउन लागेका छन्। ‘प्रधानमन्त्री ज्यूको चीन भ्रमणका क्रममा तिब्बतसँग जोडिएका पूर्वाधारमा भएका विभिन्न सम्झौताहरू कार्यान्वयनलाई सहज बनाउने उद्देश्यले सचिव वाङले यो भ्रमण गर्न लाग्नु भएको हो’, उनले नागरिकन्यूजसँग भने। प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार रूपक सापकोटाका अनुसार उनको भ्रमण चार दिनको हुनेछ। छुङछेङले यस क्रममा उच्चस्तरीय भेटघाट गर्नेछन्। सल्लाहकार सापकोटाले भ्रमणका क्रममा दुई देशबीचको सीमा नाका व्यवस्थित गर्ने, व्यापारलाई चुस्त बनाउने जस्ता विषयमा पनि छलफल हुने जानकारी दिए । ‘यी विषयका साथै दुई देशबिचका सहमति, विश्वास र सद्भावलाई कसरी मजबुत बनाउने भन्नेमा पनि छलफल हुनेछ’, उनले भने। वाङले बुधवार दिउँसोबाटै आफ्नो भेटघाट सुरु गर्नेछन्। सुरुमा उपराष्ट्रपतिलाई भेट्ने कार्यक्रम छ ।

Like