अहिलेसम्म जाजरकोटमा कति भयो राहत वितरण ?
टिकाराम सिङ/जाजरकोट, कार्तिक २२,
मुलुकमा भूकम्पले जायजेथा तहस–नहस बनाएपछि यतिबेला प्रभावित क्षेत्रका नागरिकहरू राहतको पर्खाइमा छन् । शुक्रबार मध्यरातिको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका हजारौँ नागरिकको घरबार उजाड बनाएको छ । जाजरकोट प्रशासनले भने विभिन्न ठाउँमा राहत वितरण गरिएको तथ्याङ्क सार्वजनिक गरेको छ । नागरिकहरू खुल्ला आकाशमुनि बसिरहेका छन् । उनीहरुले अहिलेसम्म पनि राहत नपाएको बताइरहेका छन् । जिल्ला प्रशासन कार्यालयको एकद्वारा प्रणालीमार्फत राहत वितरणमा ढिलाइ भइरहेको सम्बन्धित पालिकाहरूले समेत गुनासो गर्ने गरेका छन् ।
GCI COLLEGE
Like