खेलकुदमा १० वर्षपछि अब नेपाल विश्वकपमा
रासंसा/काठमाण्डौ, कार्तिक १८,
मुलुक खेलकुदमा १० वर्षपछि अब विश्वकपमा पुगेको छ । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने नवौं संस्करणको टी–२० विश्वकपमा नेपाल छनोट भएको छ । नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा गरेको थियो । शुक्रबार मूलपानी क्रिकेट मैदानमा टी–२० विश्वकपको एसिया क्षेत्रको छनोट खेलको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । एसिया क्षेत्रको यस छनोट खेलमा फाइनल पुग्ने दुई टिम विश्वकपका लागि छनोट भएका हुन् । नेपालसँगै ओमान पनि छनोट भएको छ । ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनल प्रवेश गरेको हो । कुल २० टिम रहने टी–२० विश्वकप २०२४, आगामी ४ देखि ३० जुलाईसम्म हुनेछ । विश्वकपका लागि अब अफ्रिका क्षेत्रबाट दुई टिम मात्र छनोट हुन बाँकी छ । ओमान पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । सन् २००० मा इन्टरनेसनल क्रिकेट काउन्सिलमा आबद्ध भएको राष्ट्र हो, ओमान । नेपाल सन् १९९६ देखि नै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एसोसिएट सदस्य हो । नेपालले सन् २०१८ देखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो । सन् १९४६ देखि नै कुलीन वर्गले नेपालमा क्रिकेटको प्रवद्र्धन गर्दै नेपाल क्रिकेट संघ स्थापना गरे तापनि सन् १९५१ मा प्रजातन्त्र आएपछि सर्वसाधारणले क्रिकेट खेल्न थालेका हुन् । तथापि, यो काठमाडौंमा मात्र सीमित रहेकाले विश्वकपसम्म पुग्नका लागि नेपालले लामो समय कुर्नुपरेको हो । आइतबार नेपाल र ओमानबीच फाइनल प्रतिस्पर्धा हुनेछ । छनोट प्रतियोगिता सुरु भएदेखि नै नेपाललाई विश्वकप छनोट हुने दाबेदार टिमका रूपमा हेरिएको थियो । केही समयअघि नेपालले एसिया कपमा भारत र पाकिस्तानजस्ता क्रिकेटको पावरहाउसका रूपमा रहेका राष्ट्रसँग गरेको उत्कृष्ट प्रदर्शन र चीनमा भएको १९औं एसियाली खेलकुदमा रचेको विश्व कीर्तिमानका कारण नेपाल विश्वकप छनोट हुनेमा सबैको विश्वास थियो । तथापि, छनोट खेलअघि भएको त्रिकोणात्मक खेलमा नेपाल फाइनलमा यूएईसँग पराजित हुनपुगेको थियो । त्यसैले, धेरैले छनोट खेलका आठ टिममध्ये समूह ‘ए’बाट नेपाल र समूह ‘बी’बाट यूएई विश्वकपमा छनोट हुने आशंका गरेका थिए । तथापि, ओमानले समूह चरणको खेलमा नेपाललाई हराउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो । कुल २० टिम रहने टी–२० विश्वकप २०२४, आगामी ४ देखि ३० जुलाईसम्म हुनेछ । विश्वकपका लागि अब अफ्रिका क्षेत्रबाट दुई टिम मात्र छनोट हुन बाँकी छ । ओमान पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । सन् २००० मा इन्टरनेसनल क्रिकेट काउन्सिलमा आबद्ध भएको राष्ट्र हो, ओमान । नेपाल सन् १९९६ देखि नै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एसोसिएट सदस्य हो । नेपालले सन् २०१८ देखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो । सन् १९४६ देखि नै कुलीन वर्गले नेपालमा क्रिकेटको प्रवद्र्धन गर्दै नेपाल क्रिकेट संघ स्थापना गरे तापनि सन् १९५१ मा प्रजातन्त्र आएपछि सर्वसाधारणले क्रिकेट खेल्न थालेका हुन् । तथापि, यो काठमाडौंमा मात्र सीमित रहेकाले विश्वकपसम्म पुग्नका लागि नेपालले लामो समय कुर्नुपरेको हो । २८ जुन २०१४ मा आईसीसीले नेपाललाई टी–२० इन्टरनेसनलको दर्जा दिएको थियो । नेपालले आईसीसी विश्व टी–२० मा उत्कृष्ट प्रदर्शन गरेको थियो । सन् २०१५ मा सन् २०१६ का लागि विश्वकप टी–२० मा छनोट हुन नसकेपछि सन् २०१५ मा नै नेपालले त्यो हैसियत गुमायो । सन् २०१८ मा नेपालले क्रिकेट विश्वकप छनोटको नवौं स्थानको प्लेअफ भिडन्तमा पपुवा न्यु गिनीलाई हराउँदै पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो । एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपाल टी–२० अन्तर्राष्ट्रियको समेत स्वतः मान्यता प्राप्त गर्न सफल भएको थियो । यूएईले राम्रो सुरुवात गरे पनि पछिल्ला क्रममा यूएईका ब्याट्म्यान नेपाली बलरसामु टिकेर खेल्न सकेनन् । उसका लागि विकेट किपर ब्याट्म्यान वृत्य अरविन्दले ५१ बलको सामना गर्दै ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६४ रनको योगदान गरे । ओपनर ब्याट्म्यान मुहम्मद वसिमले २६, आफिस खानले १३ र एसिलसन सराफुले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन लिन सकेनन् । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै ११ रन खर्चेर ३ विकेट लिएका हुन् । त्यसैगरी, स्टार खेलाडी सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलका नाममा १–१ विकेट रह्यो । मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा टस जितेर यूएईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन जोड्यो । त्यसको जवाफमा १ सय ३५ रनको विजयी लक्ष्य नेपालले १७ बल बाँकी छर्दै २ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका आसिफ शेखले अर्धशतकीय पारी खेल्दै नेपाललाई सानदार जित दिलाए । उनले ५० बलको सामना गरे । २ छक्का र ६ चौकाको सहयोगमा उनी ६३ रन बनाएर अविजित फर्के । उनले ३९ बलमा नै अर्धशतक पूरा गरेका थिए । त्यसैगरी, अर्का ब्याट्म्यान गुल्सन झाले २४ बलमा ३ चौकाको मद्दतमा २२ रन जोडे । ओपनर कुशल भुर्तेल ११ रनमा आउट भए । कप्तान रोहित पौडेल अविजित रहँदै ३५ रन जोड्न सफल भए । यूएईका लागि निलान्स केशवानी र बासिल हमिदले १–१ विकेट लिए ।