फर्कन ४ सय नेपालीले दूतावासमा टिपाए नाम, हवाई टिकटको भाडा सरकारले बेहोर्ने, गरि इजरायलमा अलपत्र विद्यार्थी दुई दिनभित्र ल्याइने
रासंसा/काठमाण्डौ, आश्विन २५,
मुलुकमा स्वदेश फर्कन चाहने करिब साढे दुई सय विद्यार्थीलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउद इजरायल जाने भएका छन् । नेपाल एयरलाइन्सको विमानबाट उनी बिहीबार बिहान दुबई हुँदै इजराइल जाने भएका हुन् । कृषि पढ्न इजरायल गएका विद्यार्थीलाई दुई दिनभित्र स्वदेश फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल र हमासबीच युद्ध जारी रहेकाले त्यहाँ रहने नेपालीले अझै पनि जोखिममा रहेको बताएका छन् । स्वदेश फर्काउन ढिलाइ गरेकामा विद्यार्थीहरू सरकारप्रति आक्रोशित भएका थिए । हालसम्म इजरायल–हमास युद्धमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । परराष्ट्रमन्त्रीलाई इजरायल पठाउने निर्णय बुधबार मन्त्रिपरिषद् बैठकले गरेको हो । ‘जोखिममा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिसकिएको छ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘जोखिमका अरू नेपालीलाई इजरायलस्थित दूतावासको सम्पर्कमा आउन आग्रह गरेका छौं ।’ प्रधानमन्त्री पुष्पकमल दाहाललले इजरायलमा रहेका नेपालीलाई जतिसक्दो छिटो ल्याउन परराष्ट्रमन्त्री साउद र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग छलफल गरेका थिए । ‘जति चाँडो नेपाल ल्याउने व्यवस्था मिलाउनुपर्छ । उनीहरूलाई ल्याउन ढिलाइ भए गलत सन्देश जान्छ,’ प्रधानमन्त्रीको भनाइ थियो । सरकारले नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सबाट फर्कन चाहने नेपालीलाई ल्याउने निर्णय गरेको थियो । पर्यटनमन्त्री किराँतीले बिहीबार बिहान दुई बजे काठमाडौंबाट दुबई हुँदै नेपाल वायुसेवा निगमको वाइडबडी विमान इजरायलको तेलअभिभ जाने तयारी पूरा भइसकेको बताए । ‘दुबईबाट तेलअभिभको हवाई रुट अनुमति करिब पूरा भइसकेको छ,’ उनले भने, ‘दुबईमा नियमित यात्रु ओरालेपछि परराष्ट्रमन्त्रीको टिम इजरायल जानेछ ।’ दुबईबाट इजरायलतर्फ विमान उडेपछि मात्र कति समयमा काठमाडौं आइपुग्ने भन्ने टुंगो लाग्ने उनले बताए । हालसम्म ४ सय नेपालीले स्वदेश फर्कन नेपाली दूतावासमा नाम दर्ता गराएका छन् । इजरायलमा हाल केयर गिभरसहित ४ हजार ५ सय नेपाली छन्, जसमध्ये २ सय ६५ विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विभिन्न कृषि फार्ममा छन् । कृषि विश्वविद्यालयबाट ११९, त्रिविबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । नेपाली राजदूत कान्ता रिजालले पहिलो खेपमा कृषि पढ्न गएका विद्यार्थीलाई पठाइने जानकारी दिइन् । तेलअभिभबाट उनले टेलिफोनमा भनिन्, ‘त्यसपछि यहाँबाट फर्कन चाहने अरू विद्यार्थीलाई पठाउने तयारी छ ।’ इजरायलबाट आफ्नै खर्चमा स्वदेश फर्कने नेपालीको हवाई टिकटको भाडा नेपाल सरकारले फिर्ता दिने निर्णय पनि गरेको छ । ‘कोही व्यक्ति आफ्नै खर्चले स्वदेश फर्केमा सरकारले त्यसको भरण गर्नेछ,’ परराष्ट्रमन्त्री साउदले भने । हाल इजारायलको रामेत नेगेभमा ५५ जना अरू विद्यार्थी उत्तरी क्षेत्रको क्यानेरेटमा छन् । दक्षिण इजरायलको सेदोत नगेभमा मारिएका १० विद्यार्थीको शव ल्याउन भने ढिलाइ हुने भएको छ । इजरायल सरकारले मारिएका व्यक्तिको शव हस्तान्तरण नगरेकाले ढिलाइ हुने भएको हो । विद्यार्थीको शव एक अस्पतालमा राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली राजदूत कान्ता रिजालले पहिलो खेपमा कृषि पढ्न गएका विद्यार्थीलाई पठाइने जानकारी दिइन् । तेलअभिभबाट उनले टेलिफोनमा भनिन्, ‘त्यसपछि यहाँबाट फर्कन चाहने अरू विद्यार्थीलाई पठाउने तयारी छ ।’ इजरायलबाट आफ्नै खर्चमा स्वदेश फर्कने नेपालीको हवाई टिकटको भाडा नेपाल सरकारले फिर्ता दिने निर्णय पनि गरेको छ । ‘कोही व्यक्ति आफ्नै खर्चले स्वदेश फर्केमा सरकारले त्यसको भरण गर्नेछ,’ परराष्ट्रमन्त्री साउदले भने । हाल इजारायलको रामेत नेगेभमा ५५ जना अरू विद्यार्थी उत्तरी क्षेत्रको क्यानेरेटमा छन् । परराष्ट्रमन्त्री साउदले इजरायलले अस्पताल र प्रशासनिक प्रक्रिया पूरा गर्न समय लाग्ने जानकारी दिएको बताए । ‘इजरायलका परराष्ट्रमन्त्रीले प्रक्रिया पुर्याएर हामी शव नेपाल पठाइदिन्छौँ भन्नुभएको छ,’ उनले भने, ‘जतिसक्यो छिटो शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गर्ने हाम्रो तयारी थियो ।’ साउदले मंगलबार इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन वार्ता गरी नेपालीको उद्धार र शव स्वदेश फर्काउन आग्रह गरेका थिए । इजरायल सरकारले शवको हस्तान्तरण गरेपछि मात्रै ल्याउने कुरा हुन्छ,’ प्रवक्ता लम्सालले भनिन्, ‘जारी युद्ध र आपत्कालीन अवस्थामा भएकाले पोस्टमार्टमलगायत प्रोटोकलका लागि जोड दिने कुरा हुन सकेको छैन । हामीले अनुरोध गरेका छौं । दबाब दिने अवस्थामा छैनौं ।’ बुधबार इजरायल घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण नगरेका कारण केही समय लाग्ने बताएकी हुन् । ‘यो पहिलो उडानमा शव आउँदैन । यसको प्रोटोकल हुन्छ ।आक्रमणमा परी घाइतेमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइसकेको पनि उनले बताइन् । ‘बुधबार दुई विद्यार्थी अस्पतालबाट डिस्चार्ज हुनुभएको जानकारी आएको छ,’ उनले भनिन्, ‘सम्पर्कविहीन रहेका महेन्द्रनगरका विपिन जोशीको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको छ ।’