व्यक्ति एक प्रतिभा अनेक डा. इन्दुल केसीलाई पत्नी शोक
रासंसा/भक्तपुर, आश्विन २२,
मुलुकमा राष्ट्र संरक्षण साप्ताहिकका सल्लाहकार एवं स्वतन्त्र पत्रकार संघ नेपालका राष्यट्रिय सल्लाहकार, पूर्व प्रशाशक, समाजसेवी डा. इन्दुल केसीलाई पत्नीशोक परेको छ । उहाँंकी श्रीमती सावित्री केसीको आइतबार राति ११ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको छ । उहाँंको पार्थिव शरीरलाई आज सोमबार विहान अस्पतालबाट लिएर पशुपतिमा दाहसंस्कार गरिएको छ । नेपाल सरकारको उपसचिवसम्म भएको पूर्व प्रशाशक डा केसी भक्तपुरको नासमनामा बस्दै आउनु भएको छ । तर, पत्नी विरामी भएका कारण उहाँं काठमाडौको तीनकुने सुविधानगरस्थित छोराको घरमा वस्दै आउनुभएको थियो । उहाँंको पत्नी सावित्रीको यसअघि नै मुटुको सफल शल्यक्रिया भएको थियो । व्यक्ति एक प्रतिभा अनेक डा. केसीका एक छोरा उज्ज्वल केसी र छोरीहरु हुनुहुन्छ । उहाँं पुराना पत्रकार पनि हुनुहुन्छ ।राष्ट्र संरक्षण साप्ताहिक तथा डट कम परिवार स्वर्गीय सावित्री केसीको चिर शान्तिको कामना गर्दै उहाँं र उहाँंको परिवारमा हार्दिक समबेदना व्यक्त गर्दछ ।