मुलुकमा कांग्रेस बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

Share to:

रासंसा/ललितपुर, आश्विन ६,

मुलुकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्यो । आजको बैठकमा केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, जीपछिरिङ लामा, मानबहादुर विश्वकर्मा, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, पुष्पा भुसाल, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, रमेश लेखक, बहादुरसिंह (लामा) तामाङ, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, किरणराज शर्मा पौडेल, गेहेन्द्र गिरी, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, राजीव कोइरालाले बोलेका थिए । बिहिबारदेखि सुरु भएको बैठकमा आज ४५ जना केन्द्रीय सदस्यहरुले पार्टी सङ्गठन सुदृढीकरण र समसामयिक राजनीति विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । यसैगरी केन्द्रीय सदस्यहरु चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उमेशजङ्ग रायमाझी, जीतजङ्ग बस्नेत, गोविन्दबहादुर शाह, डा रणबहादुर रावल, दिलमान पाख्रिन, डा चन्द्रमोहन यादव, मुक्ताकुमारी यादव, गुरु बराल, जावेदा खातुन जागा, प्रा डा गोविन्दराज पोखरेल, नागिना यादव, नानु बाँस्तोला, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सीता थपलिया (उर्मिला), लक्ष्मी खतिवडा, सितादेवी देवकोटा र शारदा पौडेलले ले आआफ्नो धारणा राखेका थिए । कार्यसमितिको बैठक असोज ७ गते बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Like