प्रम दाहाल र संयुक्त राष्ट्रसंघका महासचिवबिच भेटवार्ता

Share to:

एजेन्सी,

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेररबिच भेटवार्ता भएको छ । नेपाल र संयुक्त राष्ट्रसंघ बीचको आपसी हितको आदानप्रदान, सम्बन्ध र सहकार्यका लागि राम्रो समझदारी बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहाल शनिवार संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन अमेरिका गएका छन्। भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दीगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएको बताईएको छ ।

Like