किन हुन्छ टन्सिलाइटिस ? टन्सिल के हो ?
रासंसा/काठमाण्डौ, भाद्र १९,
मुलुकमा घाँटी दुख्ने विभिन्न कारणमध्ये एउटा टन्सिलाइटिस हो । काठमाडौं उपत्यकाका अस्पतालका ओपीडीहरूमा टन्सिलाइटिसकाबिरामी धेरै पुग्ने गरेको नाक, कान, घाँटी रोग विशेषज्ञहरू बताउँछन् । घाँटीको माथिल्लो भाग र जिब्रोको तल्लो भागको बीचमा रहेको ग्रन्थीलाई टन्सिल भनिन्छ । सोही घाँटी पछाडिको दुईवटा ग्रन्थीमा संक्रमण हुनुलाई टन्सिलाइटिस भनिने गरिन्छ । घाँटी टन्सिलाइटिसका कारण मात्रै नदुखेर अन्य धेरै कारणले दुख्न सक्छ । सबै घाँटी दुखाई टन्सिलाइटिस हुँदैन । जिब्रोको तल्लो भाग र घाँटीको माथिल्लो भागको टन्सिलले फिल्टरको रुपमा काम गरी संक्रमण हुनबाट जोगाउन एन्टिबडी पनि बनाउँछन् । यदि टन्सिलले फिल्टरको रुपमा काम गरेन भने श्वासप्रश्वासका माध्यबाट भाइरस वा ब्याक्टेरिया संक्रमण हुन्छ । टन्सिलाइटिस तीन प्रकारको हुन्छ । जस्तै, ‘तीव्र टन्सिलाइटिस’ हुँदा सामान्यतया ३–४ दिनदेखि २ हप्तासम्म रहन सक्छ । अर्को ‘बारम्बार देखिने टन्सिलाइटिस’यो एक वर्षमा धेरै पटक पटक देखिन्छ । तेस्रोमा ‘क्रोनिक टन्सिलाइटिस’ यो तब हुन्छ, जब तपाईलाई लामो समयसम्म टन्सिल संक्रमण हुन्छ । टन्सिलाइटिस लक्षण हामीले थाहा पईहाल्नु पर्दछ । टन्सिलाइटिस भएपछि घाँटी दुख्छ । तर, टन्सिलाइटिसको घाँटी दुखाई अन्य घाँटी दुखाई भन्दा फरक हुने उनले बताए । सामान्यतया सबै उमेर समूहकालाई टन्सिलाइटिसका हुन सक्छ । यद्यपि अरु उमेर समूहका व्यक्तिलाई भन्दा साना बच्चाहरूमा टन्सिलाइटिसदोहोर्याएर लाग्ने गर्छ । तीव्र टन्सिलाइटिस हुँदा बालबालिकालाई जस्तो अन्य उमेरमा ज्वरो आउने,पेट दुख्ने,उल्टी हुने, खान निल्ने समस्या हुन्छ । यस्ता छन् टन्सिलाइटिस हुँदाका लक्षणः –खान गाह्रो हुने, – थुक निल्न गाह्रो हुने, – घाँटी दुख्ने, – ज्वरो आउने, –टाउको दुख्ने, –भोक नलाग्ने, –कान दुख्ने, –श्वास गनाउने आदि हुन् । वयस्कहरूको तुलनामा बालबालिकाहरूलाई टन्सिलटाइटिसको समस्या बढी हुन्छ । ६ महिनादेखि एक वर्षसम्मका बालबालिकालाई ब्याक्टेरियाको संक्रमणका कारण टन्सिलाइटिस हुने सम्भावना हुन्छ । यस्तै, भाइरल (इन्फेक्सन) संक्रमणबाट हुने टन्सिलाइटिस धेरै साना बच्चाहरूमा बढी हुन्छ । त्यस्तै, वृद्धवृद्धाहरूलाई पनि टन्सिलटाइटिसको उच्च जोखिम हुन्छ । यद्यपि टन्सिलटाइटिस भाइरल (इन्फेक्सन) वा ब्याक्टेरियाको (इन्फेक्सन) हो भनेर थाहा पाउनका लागि घाँटीको स्वाव परीक्षण गरी थाहा हुन्छ । जसलाई टन्सिलटाइटिसले धेरै पटक दुःख दिएको छ भने विशेषज्ञको सल्लाहमा अप्रेशन गर्न उपयुक्त हुने गर्दछ भने कुनै बच्चाको टन्सिल घाँटीमा एकदम ठूलो छ । तर, सो टन्सिल दुख्ने भन्दा पनि ठूलो भई श्वास नली साँघुरो हुन्छ । जुन टन्सिलटाइटिसले बच्चाहरूमा हुँदा नदुख्ने घाँटीको टन्सिल ठूलो हुन्छ, उनीहरूको नाक पछाडिको भाग पनि ठूलो हुन्छ । नदुख्ने टन्सिलटाइटिस हुने४ वर्षदेखि १२ वर्षसम्मको बच्चाहरूमा नाकको पछाडि पट्टीको भागमा पनि मासु पलाउन सक्छ । जुन बच्चाहरूमा नाक,घाँटीको टन्सिल ठूलो छ, ती बच्चाहरू राती सुतेको बेलामा अत्याधिक घुर्ने, राम्रोसँग श्वासप्रश्वासमा समस्या हुने उनले बताए । समयमै उपचार नगरेमा आवाज पनि परिवर्तन हुने समस्या पनि आउन सक्छ । यस्ता समस्या कुनै बच्चाहरूमा देखिएमा अप्रेशनमार्फत् नाक पछाडिको टन्सिल र घाँटीको टन्सिल झिकिएमा सधैँका लागि निको पार्न सकिने डा.श्रेष्ठले बताए । टन्सिलाइटिस भाइरल इन्फेक्सन हो । पछि गएर धेरैजसोमा ब्याक्टिरियल इन्फेक्सन हुने गरेको प्राडा श्रेष्ठले बताए ।ब्याक्टेरिया र भाइरल संक्रमणले टन्सिलाइटिस बनाउँछ । यसको सामान्य कारण स्ट्रेप्टोकोकस (स्ट्रेप) ब्याक्टेरिया हो, जसले स्ट्रेप थ्रोट निम्त्याउँछ । टन्सिलटाइटिस भएपछि सामान्यतया स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । किनभने टन्सिलटाइटिस भएकामध्ये धेरैलाई भाइरल भन्दा पनि ब्याक्टेरियर (इन्फेक्सन) भएको पाइएकोले औषधिको सेवन गर्न उपयुक्त हुने उनले बताए । वर्षमा ४ पटक भन्दा बढी टन्सिलटाइटिस भई दुःख दिएमा बिरामीलाई अप्रेशन गराउनउनको सुझाव छ । उनले भने, ‘औषधि प्रयाग गरेर तत्काललाई निको पार्न सक्छौँ । पुनः टन्सिलटाइटिस निको पार्न नसकिने भएकाले टन्सिलटाइटिस बिग्रिसकेकाले क्रोनिक डिडिज भएकाहरूलाई टन्सिलटाइटिस अप्रेशन गर्नु उपयुक्त हुन्छ ।’ कहिलेकाहीँ टन्सिल हुनु सामान्य कुरा हो । तर, कुनै कुनै मानिसमा पटक पटक टन्सिलटाइटिस हुने गर्छ । औषधि सेवन गरुजेन्ल निको हुने, औषधि सकिएपछि पुनः टन्सिलटाइटिस पाक्ने, सुनिने समस्याहरू उत्पन्न हुने उनले बताए । पटक पटक टन्सिलटाइटिस हुँदा एन्टिवाइटिकले काम नगर्ने, मुटु, बाथ जस्ता रोगहरूले सताउने भएकाले झन् धेरै समस्याहरू उत्पन्न हुने भएकाले चिकित्सकहरूको सल्लाहमा अप्रेशन गर्न उपयुक्त हुने उनको सुझाव छ ।
टन्सिलटाइटिस भएकाले के गर्ने ?
टन्सिलटाइटिस नै भनेर पत्ता लागिसकेपछि स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिवाइटिक नै सेवन गर्न उनको सुझाव छ । यस्तै, टन्सिलटाइटिस भएकाहरूले निम्न कुरामा ध्यान दिनुपर्छः –मनतातो खानेकुरा खाने, –घाँटीलाई इरिटेसन गराउने खानीकुरानखाने ।
–धेरै चिसो खानेकुरा नखाने, –धेरै अमिलो खानेकुरा नखाने, जवसम्म घाँटी निको हुँदैन, तबसम्म घाँटीलाई (इरिटेसिन) गराउने खानेकुरा नखाने ।