फुल्टन काउन्टी जेलमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण

Share to:

एजेन्सी,

विश्वमा म भन्दा ठूलो को छ भन्ने पनि आज जेलमा आत्मा समर्पणमा परेका तथ्य सत्य भएको छ । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको थियो । पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) गरी उनको मगसट (अनुहारको तस्बिर) लिइएको छ । जर्जियामा ट्रम्पले सामना गर्ने अन्य तीन आपराधिक मुद्दाहरूको सुनुवाइ हुन लामो समय लाग्ने पूर्वसंघीय अभियोजक र एफबीआई सल्लाहकार जोसेफ मोरेनोको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । उनको जमानत २ लाख डलर तय गरिएको छ । ट्रम्पले ठगी र झूटा बयानसहित १३ आरोप अस्वीकार गरेको र आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् । बुधबार उनका पूर्ववकिल रुडी जिउलियानी र अन्य सह-प्रतिवादीहरूले सोही मुद्दामा आत्मसमर्पण गरेका थिए । ट्रम्पको यो चौथो आपराधिक मुद्दा हो । उनी २०२४ मा फेरि चुनावमा भाग लिने तयारी गरिरहेका छन् । ‘यी कुनै पनि मुद्दाहरू चाँडै फैसला हुनेछैनन्‚’ मोरेनोले बीबीसीसँग भनेका छन् । जर्जिया मुद्दामा १९ प्रतिवादीहरू संलग्न छन् ।

Like