बिष्णु ओलीद्वारा लिखित सृष्टि भित्रका दृष्टि पुस्तकको लोकार्पण सम्पन्न

Share to:

प्रताप राणा मगर/काठमाण्डौ, श्रावण २६,

मुलुकमा स्रष्टा विष्णु ओलीद्वारा लिखित विभिन्न स्रस्ताहरुको लेख रहेको संगालो सृष्टिभित्रकाे दृष्टि कृति लाेकार्पण सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति डा. विष्णु विभु घिमिरेको सभापतित्वमा भएको सो कार्यक्रममा राजनितिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसिको प्रमुख आतिथ्यता थियो ।

दुई भागका विभाजित उक्त कृतिकाे पहिलो भागमा विभिन्न २० जना सर्जकका विभिन्न विधाका २० कृतिकाे अध्ययन गरी विष्णु ओलीद्वारा गरिएका समीक्षा समावेश छन् भने दाेस्राे भागमा विष्णु ओलिद्वारा सिर्जना गरिएका जसाेतसाे जिन्दगी याे चलिरहेको छ, मेरी परी तथा ब्युझेकाे कुम्भकर्ण ३ ओटा कृतिमाथि विभिन्न विद्वानले गरेका समीक्षा समावेश छन् । उक्त समीक्षा सङ्ग्रह कृतिमाथि समीक्षा डा.;सीता अधिकारीले गर्नुभएकाे थियो भने कृतिकार विष्णु ओलिको परिचय डा. मधुसुदन लामिछानेले गर्नुभएको थियो । पानसमा दीप प्रज्वलन गरेर समुद्घाटन भएको लोकार्पण कार्यक्रममा अनुशिलन नेपालका अध्यक्ष तथा कार्यक्रमका कार्यक्रम सन्चालक जीवनाथ अधिकारीबाट उद्घोष हुँदै प्रमुख अतिथी प्रा. डा. सुरेन्द्र केसीबाट प्रजापति तिमिल्सिना, सभापति डा. विष्णु विभु घिमिरेबाट डुण्डीराज पोख्रेल र डा. सीता सुवेदीबाट रामशरण न्यौपाने अनुशिलन नेपालको आजिवन सदस्यबाट सम्मानित भएका थिए ।

कार्यक्रममा उपस्थित ब्यक्ति एक प्रतिभा अनेक एवं स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सल्लाहकार डा. इन्दुल केसी, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं सेभ द नेशन टेलिभिजनका संचालक स. प्रा. डा. के. बि. सम्राट लगायत सर्जकहरुलाई आतिथ्यताका सात्ज सम्मान गरिएको थियो । कृतिका कभर डिजाइनर शशांक श्रेष्ठलाई सम्मानका पुरस्कार प्रदान गरिएको सो कार्यक्रममा प्रकाशिका देवी उप्रेती ओली तथा सहयोगिद्वारा उपस्थित अतिथिगण तथा सर्जकहरुलाई खादा तथा मुलुकको राष्ट्रिय पोशाकभित्र पर्ने ढाका टोपिबाट स्वागत सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी प्रा. डा. सुरेन्द्र केसीद्वारा शुभकामना मन्तव्य राजनितिक कटाक्षकासाथ गरिएको थियो भने आजका प्रमुख आकर्षक स्रष्टा सृष्टि भित्रका दृस्टी पुस्तकका लेखक विष्णु ओलीद्वारा धन्यवादज्ञापन गरिएको सो कार्यक्रममा कार्यक्रमका सभापति डा. विष्णु विभु घिमिरेले आफ्नो मन्तव्यसहित कार्यक्रम समापन भएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी, सभपती र अतिथिहरुलाई मायाको चिनी बुद्दको प्रतीक उपहार स्वरुप प्रदाब गरिएको थियो । कार्यक्रम सेभ द नेशन टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । save the nation online tv .

Like