काठमाण्डौ जिल्ला प्रशासन कार्यालय बबरमहलमा संस्था नविकरण गर्नेको भिड

Share to:

रासंस/काठमाण्डौ, आषाढ २८,

जब भय राती अनि बुढी ताती भने झै संस्था नविकरण गर्न एक वर्षसम्म चुप बस्ने अनि आषाढ्को अन्तिमतिर नविकरण गर्न तातिने धेरै संस्थाहरु छन ।काठमाण्डौ जिल्ला प्रशासन कार्यालय बबरमहलमा संस्था नविकरण गर्नेको भिड लागेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौको संस्था दर्ता तथा नवीकरण शाखामा संस्था प्रतिनिधिहरु तं छाड र म छाड गर्दै हुल भएको थियो । प्रशासनले पनि हाल सम्म संस्था कम्प्युटराइज गर्ने प्रयास गरेको पाइएन । उल्टो संस्था दर्ता गरेको समयको बिधानसहित फाइल पेश गर्नुपर्ने हुन्छ । सालै पिच्छे कर्मचारीहरु परिवर्तन हुन्छन् । जुन कर्मचारी आउंछन उनैले आफ्नो नियम लाद्न शुरु गर्छन । सरोकारवालालाई सर्व सुलभ हुने गरि सेवा प्रदान गर्नुपर्ने जिल्ला प्रशासन कार्यलय उल्टो संस्था प्रतिनिधिहरुलाई दु:खको अनुभूति दिएको बताउँन संस्था नविकरण गर्न आउने सेवाग्राहीहरु बताउछन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ संस्था शाखाका कर्मचारी भने नियम सम्मत त गर्नै परो नि । आशा छ आगामी दिनहरुमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले संस्थाको कम्प्युटराइज गरि सर्वसुलभ गराउने छ भन्ने ।

Like