सिन्हा ‘रअ’ प्रमुखमा

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ७,

मुलुकमा भारतको गुप्तचर संयन्त्र ‘रिसर्च एण्ड एनालाइसिस विङ (रअ)’ को प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । १ जुलाईबाट सिन्हाले रअ प्रमुखको जिम्मेवारी लिदैछन् । विगत सात बर्षदेखी सिन्हा रअको बिभिन्न अपरेशनमा प्रमुख भएर काम गर्दै आएका छन् । भारतको बिहार राज्यका मुल निवासी सिन्हा भारतीय जनता पार्टी (विजेपी) नेतृत्वको सरकार (अटल बिहारी वाजपेयी) को समयमै प्रहरी सेवाबाट रअ मा प्रवेश गरेका थिए । छतीसगढ क्याडरका आईपीएस अधिकारी सिन्हा अहिले भारतीय मन्त्रीपरिषद सेक्रेटेरियटमा विशेष सचिवको पदमा कार्यरत छन् । १९९८ व्याचका उनी आईपीएस औफिसर हुन् । भारतीय मन्त्रीपरिषदले उनलाई रअ प्रमुखमा नियुक्त गरेको हो । १९ जुनमा उनी रअ प्रमुख नियुक्त भएका हुन् । एसएसपी पदमा रहदा नै रअ प्रवेश गरेका सिन्हा अहिले डिजीपी स्तरमा थिए । उनी जम्मु काश्मीर तथा नर्थ इस्ट स्टेटमा चलाईएका कतिपय महत्वपूर्ण अपरेशनको नेतृत्व समेत गरिसकेको अनुभव लिइएका छन् । पाकिस्तान, अफगानिस्तान, चीन लगायतका देशमा उच्च अधिकारीको रुपमा काम गरी अनुभव लिईसकेका सिन्हा अहिलेका रअ प्रमुख सामन्त गोयल पछिका दोस्रो वरियताका अधिकारी हुन् ।

Like