‘आदिपुरुष’को प्रदर्शन हिन्दी फिल्म रोके धरानका मेयर साम्पाङले पनि

Share to:

रासंसा/सुनसरी, आषाढ ५,

मुलुकमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा भारतीय फिल्म ‘आदिपुरुष’प्रदर्शनमा रोक लगाएका छन्। उनले सामाजिक सञ्जालमा स्टाटस र भिडियो राख्दै फिल्म प्रदर्शनमा रोक लगाएका हुन्। यस अगाडि काठमाडौं महानगर र पोखरा महानगरपालिकाकाले सोमबारदेखि महानगरमा भारतीय हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए। गत बिहीबार उनले तीन दिनभित्र विवादित संवाद भारतबाटै नसच्यासम्म कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने काठमाडौंका मेयर बालेन शाहले चेतावनी दिएका थिए। साम्पाङले भारतीय चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर धरानमा पनि हिन्दी फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाइएको जानकारी दिए। उनले भनेका छन्, ‘हाम्रो देशको राष्ट्रियता, अखण्डता, स्वाभिमान, सार्वभौम सत्तामा आँच आउने कुनैपनि अभिव्यक्ति हामीलाई सह्य छैन। आपत्तिजनक शब्द नसच्चिएसम्म धरानका सिनेमा हलहरुमा कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाईएको जानकारी गराउँछु।’ फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शन रोक्ने काठमाडौं महानगरको निर्णयपश्चात पोखरा महानगरले पनि हल सञ्चालकलाई फिल्म नचलाउन पत्राचार हो।

Like