धर्नामा १ सय ७० दिनदेखि
रासंसा/मकवानपुर, बैशाख २९,
मुलुकमा हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरीका जगतबहादुर सुनुवार २६ वर्षदेखि आफ्नो जग्गा फिर्ता माग्दै संघर्ष गरिरहेका छन् । उनी पछिल्लो १ सय ७० दिनयता जग्गा फिर्ता माग गर्दै धर्नामा छन् । सँगसँगै अदालती प्रक्रिया पनि जारी छ । पछिल्लो समय १ सय ७० दिनदेखि साहुको घरअगाडि शान्तिपूर्ण धर्ना दिएपछि २८ वैशाखबाट उनले केही दिनका लागि धर्ना स्थगित गरे । जग्गा दृष्टिबन्धकबाट पीडित सुनारका परिवारले जग्गा फिर्ताको माग गर्दै आएकोमा अदालतले मेलमिलापका लागि बोलाएपछि हालका लागि धर्ना स्थागित गरेका हुन् । पीडित सुनारले अझै पनि आफूले न्याय पाउने आशा रहेको जनाउँदै पत्रकार सम्मेलनमार्फत धर्नामा साथ दिने सामाजिक अभियन्ता र राजनीतिक दललाई धन्यवाद व्यक्त गरे । उनले जिल्ला अदालतले ७ जेठमा मेलमिलापका लागि आउन भनेको बताउँदै त्यतिन्जेलका लागि धर्ना कार्यक्रम स्थगित गरिएको बताए । ‘पीडक पक्ष नियमराज शाक्यको घरअगाडि धर्ना दिएका थिए । हेटौंडाको मुख्य चोक (बुद्धचोक)नजिकै घर भएका व्यवसायी नियमराज शाक्यविरुद्ध उनकै घरमा शान्तिपूर्ण धना दिँदै आएका थिए । तर, पछिल्लो केही दिनयता सुनारको स्वास्थ्यमा समस्या आएको र जिल्ला अदालतले पनि आउँदो ७ जेठमा अदालतमा दुवै पक्षलाई मेलमिलापमा गर्न उपस्थित हुन बोलाएपछि बिहीबारबाट केही दिनका लागि भन्दै धर्ना कार्यक्रम स्थगित गरेका हुन् । सुनारको शान्तिपूर्ण धर्ना र उनको न्यायको पक्षमा विभिन्न सामाजिक अभियन्तादेखि राजनीतिक दलहरूले समेत ऐक्यबद्धता जनाउँदै आएका छन् । पत्रकार सम्मेलनमा बोल्दै सामाजिक अभियन्ता तथा धर्नामा सहभागी बन्दै आएका विशालराज महतले आफूहरू जगतबहादुरको धर्नालाई बीचमै नछोड्ने प्रतिबद्धता व्यक्त गरे । उनले जगतबहादुरको स्वास्थ्यमा समस्या देखिएको र अदालतले पनि ७ जेठमा मेलमिलाप गर्न बोलाएको भन्दै त्यस समयसम्म धर्ना कार्यक्रम स्थगित गरिएको बताए । महतले ६ महिनाको बीचमा मेलमिलापका लागि पीडक पक्ष र प्रहरीसँग पटकपटक संवाद गरेको तर समस्या समाधान हुन नसकेको बताउँदै अदालतबाट मेलमिलाप हुन सक्ने विश्वास व्यक्त गरे । उनले अदालतबाट पनि मेलमिलाप हुन नसके नयाँ ढंगको धर्ना कार्यक्रम अघि बढ्ने बताए । १९ वैशाख २०५४ को घटना हो । यो घटना तत्कालीन हेटौंडा नगरपालिका–३ पीपलबोट नजिक सुन पसल राखेर व्यवसाय गरिरहेका पदमपोखरीका ५५ वर्षीय बाबु पदमलाल सुनार, उनका छोरा ३१ वर्षीय जगतबहादुर र अर्का व्यवसायी घरभेटी ३२ वर्षीय नियमराज शाक्यबीचको हो । उनीहरूले घरभेटी शाक्यसँग ऋण मागे तर शाक्यले सुनारको सम्पत्ति जग्गा (११ कठ्ठा १६ धुर जग्गा) दृष्टिबन्धक गरेर मात्र ऋण दिने भए । ऋण लिन जग्गा दृष्टिबन्धकी गर्न सहमत भए । २०५४ साल वैशाख १९ गते पदमलाललाई शाक्यले जग्गा दृष्टिबन्धकी भन्दै सोही दिनदेखि जग्गा भोग गर्न पाउनेगरी आफ्नो नाममा जग्गा राजीनामा पास गर्न लगाए । सुन व्यवसायी सुनार बाबुछोरालाई व्यवसायलाई अघि बढाउन ५० हजार रुपैयाँको ऋण आवश्यक प¥यो । तत्कालीन समयमा पाँच वर्षदेखि सोही घरमा पसल गरिरहेका बाबुछोराले घरभेटीले ब्याजमा ऋण दिने गरेको जानकारी पाएपछि घरभेटीबाटै ऋण लिने निर्णय गरे । पदमलालले जग्गा दृष्टिबन्धकी मानेर जग्गा राजीनामा गराए तर सुनार बाबुछोराले सो दृष्टिबन्धकी जग्गा राजीनामा पास गरिएको ’bout २०५९ साल साउन १० गते मात्रै थाहा पाए । जगतले त्यसपछि आफू र बाबुले शाक्यलाई जग्गा फिर्ता गर्न पटकपटक अनुरोध गरेको समेत बताए । २०६३ सालमा बाबुको मृत्युपछि केही महिनापछि आपूm पुनः शाक्यलाई भेट्न गएको तर जग्गा फिर्ता गर्न शाक्य सहमत भएनन् । जगतले बाबुको मृत्यु र जग्गाको तनावले व्यवसाय नै बिग्रिएपछि केही समय काम नैै रोकेर बसेको र पछि विरगन्जमा १३ वर्ष अरूको व्यवसायमा काम गरेर बसेको बताए । उनले पछिल्लो सात वर्षदेखि हेटौंडामा पुनः आफ्नो व्यवसाय सुरु गरेर बसेका छन् । जग्गा राजीनामा भएको जानकारी पाउन साथ सो ५० हजार ऋण तिर्न सुनार बाबुछोरा नै शाक्यका कहाँ पुगेका थिए । तर, ऋण ५० हजारबाट ब्याजसहित बढेर २ लाख पुगेको र केही रकम नपुग हुँदा सोही समयदेखि शाक्यले जग्गा फिर्ता गर्न मानेनन् । उनले शाक्यसँग पटकपटक जग्गा नामसारी गर्न अनुरोध गरेको तर उल्टै धम्की दिने गरेको समेत बताए । उनले शाक्यसँग पटकपटक भेटर धितोस्वरूपको जग्गा नामसारी फिर्ता गर्न र रकम हिसाब गरी चुक्ता गर्ने बताउँदासमेत जग्गा फिर्ता नगरी उल्टै धम्की दिएर आफ्नो परिवालाई पीडा दिएको भन्दै दुःख व्यक्त गरे । सुनारले भने २०७३ चैतदेखि पटकपटक शाक्यलाई भेट्दा सम्पत्ति फिर्ता गर्न अनुरोध गरिरहेका छन् । उनीहरूलाई आगामी ७ जेठमा जिल्ला अदालतले मेलमिलापका लागि बोेलाएको छ । पीडक भनिएका शाक्यले अदालती फैसलाको सम्मान गर्ने तर अहिले केही प्रतिक्रिया नदिने बताए । ‘उहाँको घर, पसलमा गएर रकम साँवा ब्याज हिसाब गर्न तयार छु भनेर बताउँदा उहाँ हुन्छ भनेर आश्वासन दिँदै आउनुभएकोमा कहिले काठमाडांै गएर आएर दिन्छु, कहिले बिरामी छु, कहिले कामले फुर्सद छैन भन्दै आलटाल गर्दै आए । तर, पछिल्लो वर्षमा आफ्नो परिवारलाई नै अभद्र व्यवहार गर्दै जग्गा आपूmले खरिद गरेको बताउँदै खरिद गरेको जग्गा माग्न आएमा राम्रो नहुने भन्दै ज्यान लिनेसम्मको धम्की दिँदै आएका छन्,’ सुनारले भने, ‘म आपसी मेलमिलाप गर्न तयार छु तर उहाँ र उनका निकटहरू भने विभिन्न बहानामा पन्छिँदै आएका छन् ।’